Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-

जनकपुरधाम, साउन २७ गते ।

क्षमायाचना सहित सुचना फिर्ता गर्न माग गर्दै सप्तरीका पत्रकारहरुले आन्दोलन जारी राखेको छ । पत्रकार महासंघ सप्तरीको अगुवाईमा शनिबार (तेस्रो दिन) उनीहरूले निर्धारित कार्यक्रम अनुसार राजविराज नगरपरिक्रमा गर्दै मौन जुलुस प्रदर्शन गरेका छन् ।


जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार अनुमति बिना कार्यालय परिसर भित्र फोटो, भिडियो खिच्न नपाउने सुचना जारी गरेको थियो ।
त्यसपछि पत्रकार महासंघले प्रेस स्वतन्त्रताको हनन् गर्ने कार्य भएको भन्दै तीन घण्टाभित्र उक्त सुचना फिर्ता लिन भनेको थियो । तोकिएको समयमा सुचना फिर्ता नलिएपछि क्षमायाचना सहित सुचना फिर्ता गरि प्रेस स्वतन्त्रता कायम गर्ने मागसहित उनीहरू बिहिबारदेखि आन्दोलनमा उत्रेका हुन् । उनीहरूले जिल्ला प्रहरी कार्यालय सप्तरीमा साउन १५ गते महासंघ सप्तरीका सल्लाहकार मनोहर पोखरेलसँग भएको कुटपिट घटनमा संलग्न प्रहरीलाई कारबाहीको माग समेत राखेका छन् ।


बिहिबार साँझ जिल्ला प्रशासन कार्यालयले बिज्ञप्ती जारी गर्दै उक्त सुचना फिर्ता लिएको जनाए । तर यता पत्रकार महासंघले क्षमायाचना सहित सुचना फिर्ता, प्रेस स्वतन्त्रताको ग्यारेन्टी तथा पत्रकार कुटपिटमा संलग्न प्रहरीलाई कारबाहीको सुनिश्चिता नभएसम्म संघर्षरत रहने जनाएका छन् ।


आन्दोलित पत्रकार महासंघ शाखा सप्तरीको अगामी संघर्षको कार्यक्रमहरु आईतवार (साउन २८ गते) मैनबत्ती जुलुस प्रदर्शन गर्ने (११ बजे), सोमबार (साउन २९ गते) सिटि जुलुस प्रदर्शन गर्ने (११ बजे), मंगलवार (साउन ३० गते) १ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने (११–१२ बजेसम्म), बुधवार (साउन ३१ गते) २ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने (११–१ बजेसम्म), बिहीवार (साउन ३२ गते) : ३ घण्टा प्रशासन कार्यालयमा धर्ना दिने (११–२ बजेसम्म), भदौ १ गते शुक्रवार २४औं घण्टे रिले अनसन (प्रशासन कार्यालयमा) रहेको छ ।

महासंघले संघर्ष र सम्वादसँगै लगिने जनाउँदै मध्यस्थकर्ताको जिम्मेवारी कार्यसमिति सदस्य विद्यानन्द राम र कृष्णकुमार मण्डललाई दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!