Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन ३१ गते ।

महोत्तरीमा ट्याक्टरले किचिएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पिपरा गाउँपालिका ४ का ३५ वर्षीय कृष्णकुमार मिश्र छन् ।

बुधबार ज १ त ८१५३ नम्बरको ट्याक्टरबाट खेत जोतिरहेको बेला ट्याक्टर पल्टिदा उनको किचिएर मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।

स्थानीयले उद्धार गर्ने प्रयास गरेपनि घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!