Samajik Feed – News Portal from Nepal

जनकपुरमा राति १२ बजेसम्म बजार संचालन गर्न दिन व्यवसायीको माग

सामाजिक फीड-जनकपुरधाम, बैशाख १९ गते । जनकपुरधाममा राति १२ बजेसम्म व्यापार व्यवसाय सञ्चालन गर्न दिन व्यवसायीले स्थानीय प्रशासनसंग माग गरेका छन् । रात्रि बजार संचालन गर्न सुरक्षा व्यवस्था मिलाइदिन जनकपुरधाम उद्योग वाणिज्य संघले जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाएको हो शुक्रबार धनुषाका प्रमुख जिल्ला अधिकारी कशीराज दाहाललाई ज्ञापन पत्र बुझाउदै संघका पदाधिकारीहरुले जनकपुरधाम उपमहानगरपालिकाको नगर […]

दिलीपको हत्या भएको औरही खोलामा उत्खनन उत्पात, जनप्रतिनिधि प्रहरी तमासे

सामाजिक फीड-जनकपुरधाम, बैशाख २६ गते । तीनवर्ष अघि दिलीपको हत्या भएको धनुषाको मिथिला नगरपालिका स्थित औरही खोलामा अवधै उत्खनन फेरि फस्टाएको छ । क्रसर व्यवसायीले रातिको समयमा ठूला उपकरण प्रयोग गरेर १५ फिटसम्म गहिरो खनेर बालुवा र रोडा अर्थात गिट्टी निकाल्ने गरेका छन् । नगरपालिकाले अहिलेसम्म ठेक्का नलगाएको खोलामा नदीपदार्थको दोहन भइरहेको छ । नगरपालिकाले […]

सर्लाहीमा सवारी दुर्घटनामा दुईजनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, बैशाख २४ गते । सर्लाहीमा छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भारतीय गाडीको ठक्करबाट हरैयामा एक युवक र मोटरसाइकलले ठक्कर दिँदा हरिपुर्वामा एक वृद्धको मृत्यु भएको हो । हरिपुर नगरपालिका–४ हरैयामा शनिबार राति भारतीय बीआर ३० ए २७२१ नम्बरको गाडीले ठक्कर दिँदा चन्द्रनगर गाउँपालिका–१ मोहनपुरका २२ […]

जनकपुरधामको भानु चोकमा आइतबार पनि प्रदर्शन

जनकपुरधाम, १७ वैशाख । जनकपुरधामको भानु चोकमा आइतबार पनि प्रदर्शन भएको छ । जनकपुरधाम उपमहानगरपालिकाले भानु चोकमा आदिकवि भानुभक्त आचार्यको शालिक राख्ने तयारी गरेपछि मधेशकेन्द्रित दलले निरन्तर विरोध गर्दै आएका छन् । आइतबार साँझ पनि मधेशकेन्द्रित दलका नेता तथा कार्यकर्ताहरूले भानु चोकमा जनकपुरधामका मेयर मनोजकुमार साहविरुद्ध प्रदर्शन गरेका हुन् । उनीहरूले मेयर साहको तस्बिर जलाउनुका […]

नागरिकताविहीनहरू शुक्रबारबाट रिले अनशनमा

मोरङ, १५ वैशाख । नागरिकता विधेयक प्रमाणीकरणको माग गर्दै नागरिकताविहीनहरूले रिले अनशन सुरु गरेको छ । नागरिकता पीडित संघर्ष समितिका अध्यक्ष इन्द्रजित साफीसहित नागरिकताविहीनहरूले शुक्रबारबाट विराटनगरमा जिल्ला प्रशासन कार्यालय अगाडि रिले अनशन सुरु गरेका हुन् । अमन वर्मा, किसन अग्रवाल, सीता दास, राधा पटेललगायत अनशनमा बसेका छन् । यसअघि बिहीबार नागरिकताविहीनहरूले झापा विर्तामोडको मुक्तिचौकमा प्रदर्शन […]

धनुषामा एकैदिन अपरिचित दुई पुरुषको शव भेटियो

सामजिक फिड-जनकपुरधाम, बैशाख १४ गते । धनुषामा एकैदिन छुट्टाछुट्टै स्थानमा एकयुवकसहित दुई पुरुषको शव फेला परेको छ । धनुषाको नगराईन नगरपालिका –४ स्थित सडक खण्डमा ५० वर्षीय र गणेशमान चारनाथ नगरपालिका वडा नम्बर–१ ज्यामिरे खोलाको किनारमा २७ वर्षीय पुरूषको शव फेला परेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमका अनुसार दुबै मृतको […]

सिरहामा सर्पले टोक्दा ४ वर्षीय बालको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, बैशाख ८ गते । सिरहामा विषालु सर्पले टोक्दा ४ वर्षीय बालकको मृत्यु भएको छ। गोलबजार नगरपालिका-८ भाइजिका श्याम साहका ४ वर्षीय छोरा अविनासको मृत्यु भएको हो । उनलाई बिहीबार आफ्नै घरमा खेल्दै गरेको अवस्थामा सर्पले टोकेको थियो ।उपचारमा ल्याउन ढिला गर्दा बालकको मृत्यु भएको स्वास्थ्यकर्मीले बताएका छन्। सर्पको टोकाइबाट सिकिस्त भएका बालकलाई उपचारका लागि […]

राजर्षि जनक विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन आह्वान

सामाजिक फिड-जनकपुरधाम, बैशाख ४ गते । जाकपुरधाम स्थित राजर्षि जनक विश्वविद्यालयको उपकुलपति खुला प्रतिस्पर्धाबाट नियुक्तिको प्रक्रिया अघि बढाएको छ । उपकुलपति हुन योग्य व्यक्तिबाट सरकारले दरखास्त आह्वान गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना जारी गरी इच्छुक व्यक्तिले यही वैशाख ९ गतेभित्र दरखास्त दिन भनेको छ । दरखास्त मन्त्रालयको कोठा नम्बर ४०७ मा […]

एक वर्षमा मधेस प्रदेश सरकारले किन्यो ४५ करोड ३१ लाखको गाडी

१ बैशाख, जनकपुर । एक वर्षमा मधेस प्रदेश सरकारले ४५ करोड भन्दा बढिको गाडी खरिद गरेको छ। महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/७९ को ६०औँ वार्षिक प्रतिवेदनमा सातवटै प्रदेशमध्ये सबभन्दा बढि मधेस प्रदेश सरकारले ४५ करोड ३१ लाख रुपैयाँको गाडी खरिद गरेको उल्लेख छ । बागमती प्रदेशले ३० करोड ८ लाख, लुम्बिनी […]

गरुडामा प्रहरी र प्रदर्शनकारीबीच झडप एक प्रदर्शनकारीसहित्,६ जना प्रहरी घाइते

२९ चैत, जनकपुर । रौतहटको मेयर उम्मेदवार दीपक यादवले गरुडा नगरपालिकाको कार्यालयमा तालाबन्दी गर्न खोजेपछि विवाद उग्र रुपलिई प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ। झडपका क्रममा ६ जना प्रहरी र एक जना प्रदर्शनकारी घाइते भएका छन् । झडपमा परेर गरुडा-५ का गजेन्द्र साह गम्भीर घाइते भएको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ । झडप नियन्त्रणमा […]

error: Content is protected !!