सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ७ गते ।
जनकपुरधाम, कात्तिक ७ – जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा कर तिर्न गएका एक सेवाग्राहीमाथि नगरप्रहरीले कुटपिट गरेका छन्।
जनकपुरधाम–९, थापाचोकका कौशल किशोर साह कर तिर्न जाँदा नगरप्रहरी नितीश रायले कोठामा थुनेर कुटपिट गरेको आरोप लगाएका छन्।
पीडित साहले नगरप्रहरीले आफूलाई कोठामा लगेर ढोकाको चुक्कु लगाई हात, मुक्का प्रयोग गरी गाला, टाउको, र शरीरका अन्य भागमा प्रहार गरेको गुनासो गरेका छन्।
वडा नम्बर ९ का वडाध्यक्ष प्रमेश्वर साहले घटनामा संलग्न नगरप्रहरीविरुद्ध कारबाहीको पहल भइरहेको जानकारी दिए।