Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक १३ गते ।


सिरहा प्रहरीले वैदेशिक रोजगारीमा पठाउने निहुँमा ठगी गरेको आरोपमा एक मलेसियन नागरिकसहित चारजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा ५१ वर्षीय मलेसियन नागरिक मोहम्मद रिजुआन बिन अब्दुल्लाह र सिरहाको लहान नगरपालिका-२३ निवासी ४२ वर्षीय रामाशंकर यादव, २५ वर्षीय राम भरत यादव, र ३९ वर्षीय सुर्य नारायण यादव रहेको प्रहरीले जनाएको छ ।

सिरहाका प्रहरी प्रवक्ता डिएसपी विरेन्द्रकुमार पासवानका अनुसार, बिना अनुमति कतार पठाउने बहानामा लहान नगरपालिका-४ स्थित गोधुली होटलमा नेपाली नागरिकसँग अन्तर्वार्ता लिई रकम उठाएको आरोपमा उनीहरूलाई कार्तिक १० गते साँझ पक्राउ गरिएको हो।

इलाका प्रहरी कार्यालय लहानको टोलीले उनीहरूलाई ठगी सम्बन्धी कसुरमा अनुसन्धानका लागि जिल्ला अदालत सिरहाबाट म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!