सामाजिक फीड
जनकपुरधाम, कार्तिक १ गते ।
चार दिनदेखि बेपत्ता रहेका वीरगन्जका एक पुरुष बारामा मृत अवस्थामा फेला परेका छन्। वीरगन्ज महानगरपालिका–३ छपकैया निवासी २६ वर्षीय वीरेन्द्र साह सोनार गण्डक नहरको किनारमा मृत भेटिएका हुन् ।
बाराको प्रसौनी गाउँपालिकास्थित नहर किनारमा उनको शव भेटिएको बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले पुष्टि गरेका छन्। सोनार असोज २७ गतेदेखि बेपत्ता रहेका थिए । खोजतलासका क्रममा आज बिहान उनको शव फेला परेको हो।
गण्डक नहरको त्रिवेणी पुल नजिक शव देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराएका थिए।
शवलाई पोस्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।