सामाजिक फीड
जनकपुरधाम, कार्तिक ११ गते ।
जनकपुरधाममा दुई सय २१ किलो गाँजासहित मकवानपुरको भीमफेदी गाउँपालिका–२ का २४ वर्षीय प्रकाश लुङ्गवा पक्राउ परेका छन्।
प्रहरी टोलीले शनिबार साँझ बाबा आयलस सेन्टर नजिक उनलाई नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार, ना. ५ ख १७७ नम्बरको मिनी ट्रकको तल फल्स बटन बनाएर १६ वटा पोकामा लुकाएर राखिएको गाँजा जाँचका क्रममा फेला परेको हो।
चालक लुङ्गवालाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान गरिरहेको छ।