Samajik Feed – News Portal from Nepal

वीरगञ्जमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते

सामाजिक फीड-जनकपुरधाम, जेठ २५ गते । पर्साको वीरगञ्जमा कार दुर्घटना हुँदा यहाँ एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् । मृत्यु हुनेमा भारतको बेतिया नरकटियागञ्ज स्थायी घर भएका ३० वर्षीय बिटु सर्राफ छन् । पर्सा प्रहरीका अनुसार आज दिउँसो वीरगञ्ज महानगर–१४ पिपरा रेनुका पेट्रोल पम्प नजिक गण्डकबाट बसपार्कतर्फ जाँदै गरेको […]

सर्लाहीमा कन्टेनरको ठक्करबाट एक युवकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, जेठ २२ गते । सर्लाहीमा कन्टेनरको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।सर्लाहीको बागमती नगरपालिका–११ बागमती पुल नजिकै पूर्व–पश्चिम राजमार्गमा मालवाहक कन्टेनरको ठक्करबाट मोटरसाइकल चालक रौतहट चन्द्रपुर नगरपालिका १ पौराही टोल बस्ने २१ वर्षीय गोपाल योन्जनको मृत्यु भएको हो । सर्लाही प्रहरी प्रवक्ता डीएसपी सरोज कुमार राईका अनुसार गएराति १० बजे बागमती पुल […]

मधेशमा स्वास्थ्य संस्थाको स्वीकृति र  नविकरणमा भ्रष्टाचारको आशंका, कागजात बुझाउन अख्तियारको पत्र

सामाजिक फीड–जनकपुरधाम,  जेठ १९ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विषयमा अनुसन्धान थालेको छ । निजि स्वास्थ्य संस्थाहरुबाट रकम लिएर इजाजत प्रदान गरेको उजुरी पश्चात्  अख्तियारको केन्द्रीय कार्यालय टंगालले अनुसन्धान थालेको हो । निजी स्वास्थ्य संस्थाहरूलाई इजाजत तथा नविकरण दिने प्रक्रियामा आर्थिक लेनदेनसहित गम्भीर अनियमितता भएको भन्ने उजुरीपछि अख्तियारले […]

महोत्तरीमा २० किलो गाँजा सहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ १५ गते । महोत्तरीमा लागूऔषध २० किलो गाँजा सहित दुईजना पक्राउ परेका छन् । बर्दिवास नगरपालिका १३ निवासी ४६ वर्षीय शिवशंकर चौधरी र मनरा सिस्वा नगरपालिका १० निवासी ४० वर्षीया अजमैरी खातुनलाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । जलेश्वर नगरपालिका ७ बखरी स्थित बर्दिवास जलेश्वर सडक खण्डमा शिवशंकर चौधरीले चलाई ल्याएको प्र.२–०२–००१ […]

ढल्केवरमा किसान आन्दोलनका शहीद मुंगालाल र मोहनको भवन र शालिक

सामाजिक फीड-जनकपुरधाम, जेठ ६ गते । धनुषाको मिथिला नगरपालिका–६, ढल्केबरचोकमा किसान आन्दोलनका शहीद मुंगालाल महतो र मोहन महतोको शालिक अनावरण तथा स्मृति भवनको उद्घाटन गरिएको छ । मंगलबार शहीद द्वय महतोको ४६ औं स्मृति दिवसको अवसरमा नगरपालिकाका मेयर महेन्द्र महतो, नागरिक समाजका अगुवा तथा लेखक रामरिझन यादवसहितका विशिष्ट व्यक्तिहरूको उपस्थितिमा शालिक अनावरण र सभाहल उद्घाटन […]

सर्लाहीमा बसले म्याजिकलाई ठक्कर दिँदा युवतीको मृत्यु, ८ घाइते

सामाजिक फीड-जनकपुरधाम, जेठ ५ गते। सर्लाहीको लालबन्दीमा यात्रुबाहक बसले म्याजिकलाई ठक्कर दिँदा एक युवतीको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । मृतक लालबन्दी नगरपालिका–१७ रानिगञ्जकी २२ वर्षीया सोना पन्त हुन् । घाइते अवस्थामा मोडल अस्पतालमा लगिएकोमा चिकित्सकले उनलाई साँझ ४:५० बजे मृत घोषणा गरेका थिए । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार पूर्व–पश्चिम […]

सिरहाबाट ७१ लाख नगद र लागूऔषधसहित पाँच जना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ ४ गते । सिरहाका विभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणको नगद रकम र लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिरहाले आइतबार पत्रकार सम्मेलन गरी पाँचजनालाई सार्वजनिक गरेको हो । प्रहरीका अनुसार लहान नगरपालिका–२२ लवटोलीबाट दाजु–बहिनीसहित दुईजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा २६ वर्षीया किरणकुमारी यादव र उनका ३२ […]

महोत्तरीमा भारतीय बसको ठक्करबाट एक महिलाको मृत्यु

सामाजिक फीड-जाकपुरधाम, जेठ २ गते । महोत्तरीको जलेश्वरमा भारतीय टुरिस्ट बसको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । मृत्युु हुनेमा जलेश्वर नगरपालिका– सारी निवासी ५० वर्षीया संजु ठाकुर छन् । जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार उनलाई आज दिउँसो जलेश्वर नगरपालिका – २ सिनेमा हल चोकमा एमपी १३ पी ७७३३ नम्बरको भारतीय टुरिस्ट बसले ठक्कर दिँएको […]

मिर्चैयामा टिपरले ठक्कर दिँदा एक वृद्धको ज्यान गयो

सामाजिक फीड-जनकपुरधाम, बैशाख ३० गते । सिरहाको मिर्चैयामा टिपरले ठक्कर दिँदा एक वृद्धको ज्यान गएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका ७ फुलवरियाका ६५ वर्षीय महेन्द्र महरा छन् । आज बिहान पौने ६ बजेतिर यउदपुर तर्फबाट आएको बागमती प्रदेश ०१–००४ ख २९५३ नम्बरको टिपर कटारीचोक नजिक महरालाई ठक्कर दिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी राजेशराज […]

वीरगन्जमा एक महिलामाथि सामूहिक बलात्कार, एकजना पक्राउ

सामाजिक फड-जनकपुरधाम, बैशाख २८ गते । वीरगन्जमा एक महिलामाथि सामूहिक बलात्कार भएको छ । बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले बाराको प्रसौनी गाउँपालिका–६ बेलहिया स्थायी ठेगाना भईख हाल वीरगन्ज महानगरपालिका–१३ श्रीपुरमा बसोबास गर्ने ५० वर्षीय दिनानाथ साहलाई पक्राउ गरेको छ । पर्साका प्रहरी उपरीक्षक गौतम मिश्रका अनुसार, शनिबार राति श्रीपुरकै ४० वर्षीया एक विवाहित महिलामाथि दिनानाथ […]