Samajik Feed – News Portal from Nepal

“अव्यवस्थित गाईवस्तुहरुले जनकपुरधाममा ट्राफिक समस्या बढाउँदै, जनाक्रोश र सडक दुर्घटना प्रवल सम्भावना”

७ फाल्गुन, जनकपुरधाम। अव्यवस्थित पूर्वाधार र साँघुरो सडक ट्राफिक जामको सामान्य कारण भए पनि अध्यात्मको शहर जनकपुरधामको सडकमा घुम्ने गाईवस्तुले ट्राफिक समस्या थपेको छ। अव्यवस्थित रुपमा गाईवस्तु छाड्नुमा सम्बन्धित निकायको व्यवस्थापनको अभाव रहेको देखिन्छ।स्थानीयहरुले पटक-पटक उपमहानगरपालिका र सम्बन्धित सबै निकायलाई निवेदन गर्दा पनि केहि समाधान नभएको जनआक्रोश रहेको छ।घुम्ने गाईवस्तुको व्यवस्थापन गर्न नसक्दा सडक दुर्घटना […]

बारामा एक लाख भारु सहित एक जना पक्राउ परेको छ

५ फाल्गुन, जनकपुरधाम। बाराबाट एक लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेको प्रहरीले जनाएका छन् ।भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको थियो । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख […]

जनकपुर यातायात कार्यालयबाट दुईजना बिचौलिया पक्राउ

४ फाल्गुन, जनकपुरधाम। यातायात कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेका छन्। पक्राउ पर्नेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ३ का ३३ वर्षीय अनिल साह र महोत्तरीकै एकडारा गाउँपालिका –३ का ३५ वर्षीय विरेन्द्र साह रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिएका हुन् । उनका अनुसार दुबैजनालाई बुधबार दिउँसो यातायात कार्यालयमा आउने सेवाग्राहीहरुलाई काम […]

जनकपुरमा ‘मेरो मिथिला’ शीर्षकमा वक्तित्वकला र कविता सम्पन्न

जनकपुरधाम, फागुन २ गते । जनकपुरधाममा नभ मिथिला फाउण्डेशन र माई सेकेण्ड टिचरको आयोजनामा जनकपुर उद्योग बाणिज्य संघमा वक्तित्व कला र कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ। प्रतियोगितामा धनुषाका दर्जन भन्दा बढ़ी विद्यालयका छात्र छात्राहरु सहभागी भएका थिए।‘मेरो मिथिला’ शीर्षकको वक्तित्वकला र कविता वाचन प्रतियोगितामा भाग लिएका वक्तित्वकलामा ५४ जना र कविता वाचन ४० जाना […]

सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा एकजनाको मृत्यु

२ फाल्गुन, जनकपुरधाम। पुर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको शम्भुनाथ नगरपालिकामा मोटरसाइकल अनियन्त्रित हुँदा एकजनाको मृत्यु भएको छ।आज दिउँसो पुर्व तर्फ जादैगरेको स.९प ८१९१ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा चालक शम्भुनाथ नगरपालिका ११ का २८ वर्षीय कपिल चौधरीको मृत्यु भएको हो।मोटरसाइकल अनियन्त्रित भइ सडको छेउमा लडेका उनी गम्भीर घाइते भएका थिए। चालक उपचारको लागि लैजाँदै गर्दा बाटोमै मृत्यु […]

जोखिम उच्च छ, जिम्मेवारी कसको ?

३० माघ, जनकपुरधाम। मधेश प्रदेशको राजधानी जनकपुरधामको वार्ड नम्बर ३ मा बाटो झुर अवस्था भएकोले सर्वसाधारणको जीवन कष्टकर बनेको छ। वर्षौ देखि जनकपुरधामको किशोरीनगरमा न त् बाटो राम्रो अवस्थामा छ न त् नाला र पनि कुनै उचित निकाश रहेको छ। स्थानीयहरुले पटकपटक वार्ड अध्यक्षलाई निवेदन गरेता पनि यार्ड अध्यक्षको ध्यान आकर्षण हुन सकेको छैन। १० […]

कुमारी आमाका रुपमा चर्चामा आएकी निहारिका राजपुतले गरे शिवराज सँग विवाह

२८ माघ, जनकपुरधाम। बलात्कारको आरोप लगाउँदै शिवराज श्रेष्ठ विरुद्ध अदालतमा उजुरी समेत गरेकी कुमारी आमाका नामले चर्चामा आएकी निहारिका राजपूतले श्रेष्ठसँग विवाह गरेकी छन् । उनीहरुले जनकपुरधामको जानकी मन्दिरमा गएर विवाह गरेका हुन् । यसअगाडि उनीहरुबीच १७ माघमा जिल्ला अदालत धनुषाका न्यायाधीश ब्रजेश प्याकुरेलको रोहबरमा मुलुकी देवानी कार्यविधि संहिता २०७४ को दफा १९३ (४) बमोजिम […]

हराएको सीमा स्तम्भ उडिया नदीबाट बरामद

२७ माघ, जनकपुरधाम। पर्साको नेपाल–भारत सीमानाबाट हराएका दुई सीमास्तम्भ जिल्लाको जगरनाथपुर गाउँपालिकाको पिपरडारीस्थित उडिया खोलाबाट फेला परेका छन्। सिमास्तम्भ बरामद भएपछि जिल्ला समन्वय समितिको बैठक बोलाइएको छ। जिल्ला सुरक्षा समिति पर्साले यसअघि नै नदीबाट बालुवा उत्खनन रोक्न भारतीय पक्षलाई आग्रह गरिसकेको छ। नदीमा बालुवा उत्खननका क्रममा बस्तु भेटिएपछि नदी क्षेत्रमा भौगोलिक विवाद बढेको छ। सशस्त्र […]

मधेश प्रदेशमा सोमबार सार्वजनिक बिदा

२७ माघ, जनकपुरधाम। मधेश सरकारले राजपत्रमै प्रकाशित गरिसकेको जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेशमा फागुन १ गते सार्वजनिक बिदा दिएको छ । लालबाबु राउत नेतृत्वको सरकारमा माओवादी केन्द्रबाट गृह तथा संचार मन्त्री भएका भरत प्रसाद साहको प्रयसामा गत वर्ष नै फागुन १ गते जनयुद्ध दिवस मनाउन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । निर्णय को साथै […]

जनकपुरबाट एक मिटरव्याजी हतियारसहित पक्राउ

२२ माघ, जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह हातहतियारसहित मिटरव्याजीमा पक्राउ परेका छन् । साहविरुद्ध जिल्ला प्रशासन कार्यालय धनुषामा विभिन्न व्यक्तिहरुले मिटरव्याजीको उजुरी दिएका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शनिबार प्रहरी नायव उपरीक्षक दिपकुमार रायको नेतृत्वमा गएको प्रहरी टोलीले दिलिप साहको घर तथा पसलमा खान तलासि गर्दा कपाली तमसुकहरू, जग्गा […]