सामाजिक फीड,
बारा, २४ चैत । बारामा बसले ठक्कर दिँदा डियुटीमा रहेका एक ट्राफिक प्रहरी जवानको मृत्यु भएको छ ।
गएराति बसले ठक्कर दिँदा प्रहरी जवान पर्साकाे छिपहरमाई गाउँपालिका मिर्जापुरका मुनटुन यादवको मृत्यु भएको हो । प्रहरी जवान यादवलाई अमलेखगञ्ज चोकमा राति ११ बजे काठमाडौँबाट काँकरभिट्टाका लागि हिंडेको बागमती प्रदेश ०१-००ख ६१२३ नम्बरको बसले ठक्कर दिएको थियो ।
यादवको घटनास्थलमै मृत्यु भएको हो । बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेका अनुसार रातिको समयमा चोकमा खटिएका प्रहरी जवान यादवले चेकजाँचका लागि रोक्न खोज्दा बसको ब्रेक नलागेर यादवलाई ठक्कर दिएको थियो । बसलाई नियन्त्रणमा लिएको छ भने मृतक यादवको शव वीरगन्जको नारायणी बयोध्या मेडिसिटी अस्पतालमा राखिएको छ ।