Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, चैत्र २६ गते ।

आरती साह मृत्यु प्रकरणको छानबिन गर्न प्रहरी नायव महानिरीक्षक (डीआईजी) उमेश जोशी नेतृत्वको एक टोली जनकपुर पठाएको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीका नेतृत्वमा पाँच सदस्यीय टोली जनकपुर पठाइएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता भीम ढकालले जानकारी दिए ।

जोशीसँगै केन्द्रीय अनुनसन्धान ब्यूरो ९सीआईबी० मा कार्यरत एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्श्वर भण्डारी, इन्सपेक्टर शान्ता लामासहित पाँच जना जनकपुर पुगेर घटनाबो छानबिन अघि बढाइसेकेको ढकालले बताए ।

गत ३० फागुनमा गृहमन्त्रालय र पीडित पक्षबीच पुन अनुसन्धान गर्नेबारे सहमति भएको थियो । सोही अनुसार टोली पठाइएको छ । टोलीले छानबनि गर्ने र केही कैफियत देखिएर पुनः मुद्दा चलाउनुपर्ने देखिए पुरक अभियोजन समेत लागन सकिने प्रवक्ता ढकालले बताए ।

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पीडित परिवारलाई वार्ताका लागि गृह मन्त्रालय बोलाएका थिए । त्यसक्रममा अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेश गर्ने गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने सहमति भएको थियो ।

सहमति अनुसार, अनुसन्धान टोलीले परिवारसँग समन्वय गरेर अनुसन्धान गर्ने र कार्य प्रारम्भ गरेको ४५ दिनभित्र ४ वटा विषयमा जाँच गर्ने भनिएको थियो । जसअनुसार, साहको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अनुसन्धान भएको कमी कमजोरीहरुका बारे अनुसन्धान गर्ने र परिवारमाथि प्रहरीबाट भएको कुटपिट र दुर्व्यवहारबारे पनि जाँच गर्ने भनिएको थियो । प्राप्त प्रमाणका आधारमा कानून अनुसार पुनः अभियोजन समेत गर्ने समेत सहमतीमा उल्लेख गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!