सामाजिक फीड,
सिरहा २५ चैत। सिरहा प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित तीन जनालाई नियन्त्रणमा लिएको छ।
सिरहाका विभिन्न स्थानबाट उनीहरू पक्राउ परेका हुन् । गोलबजार नगरपालिका ६ वस्ने अन्दाजीं.वर्ष ३८ का रामएकवाल गिरी, लहान नगरपालिका १९ छर्रापट्टिका वर्ष २४ का संतोषकुमार साह र कटहा चौक बस्ने वर्ष २५ का शिवनाथ महतोलाई प्रहरीले ठूलो परिमाणमा लागुऔषधसहित नियन्त्रणमा लिएको हो।
घरमै.लुकाई छिपाई राखेको अवस्थामा गोलबजारका प्रहरी निरिक्षक सुनिल कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले घरमा रहेको साउण्ड बक्सभित्र प्लास्टिकको पोकामा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद् गरेको छ।
पलाष्टिक प्याक सहित १२.८ सय ७० मिलि ग्राम लागुपदार्थ ब्राउन सुगरसहित गिरीलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गोलजारका प्रहरी निरीक्षक कार्कीले जनाएको छ।
त्यसैगरी, लहान नगरपालिका ३ पूर्व बसपार्कबाट ईलाका प्रहरी कार्यालय लहान र लागुऔषध नियन्त्रण ब्यूरो शाखा गोलबजारको संयुक्त टोलीले दुई युवासहित लागुऔषध नियन्त्रणमा लिएको जिल्ला प्रहरीले जनाएको छ।
अस्पताल चौकदेखि लहान बजारतिर आउने क्रममा प्रदेश २–०१–००१ प् ७३८० नम्बरको मोटरसाइकल चेकजाच गर्ने क्रममा फेनारगन–१३३ एम्पुल, बुपरेनोरफीन इन्जेक्सन एलपी –१३५ एम्पुल र डाइजिपाम इन्जेक्सन आइआर –१३४ सहित साह र महतोलाइ प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ।