बारामा दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु, दुई गम्भीर घाइते

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते बाराको जितपुर सिमरा उपमहानगरपालिका–२ पानि ट्याङ्की नजिक आइतबार दिउँसो दुई मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार आइतबार दिउँसो सिमरा–पथलैया सडक खण्डमा दुर्घटना भएको हो। बा.प्र. ०६–००३ प १७५३ नम्बरको मोटरसाइकल चालक सप्तरी बसवलपुर नगरपालिका–७ का २८ वर्षीय महेश पण्डितको […]
पर्सामा हैजा र झाडापखालाको संक्रमण तीव्र,कुल संक्रमित ७८९ पुग्यो

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । पर्सामा झाडापखाला र हैजाको प्रकोप दिन प्रतिदिन बढ्दो अवस्थामा छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९इडिसिडी० का अनुसार पछिल्लो २४ घण्टामा ८९ जनामा संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म संक्रमितको संख्या ७८९ पुगेको छ। तीमध्ये ६०९ जना उपचारपछि घर फर्किएका छन् भने १८० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य […]
मिथिलाञ्चल क्षेत्रमा आज भदैया रैब पर्व मनाइँदै

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रमा पुत्र, पति र परिवारका सदस्यहरूको आरोग्यता तथा सुख, समृद्धिको कामना गर्दै आज महिलाहरू भदैया रैब पर्व मनाइरहेका छन् । आज बिहानदेखि मिथिला क्षेत्रका गाउँगाउँमा बर्तालु महिलाहरूले घरघरमा ठेकुवा पकाएर, केरा, मकै, काँक्रो, स्याउलगायत फलफूल, अक्षता, सुपारी र पानसहितका वस्तु लिएर रैब पर्व मनाउन सुरु गरेका छन् । […]
जनकपुरमा दुई समुदाय बीचको झडपमा दुईजना घाइते, ११ सेल अश्रुग्यास प्रहार

सामाजिक फीड-जनकपुरधाम, भदौ १४ गते । जनकपुरधाम उपमहानगरपालिका २० देवरारुपैठामा हिन्दु र मुस्लिम समुदायबीचको झडपमा दुईजना घाइते भएका छन् । प्रहरीले स्थिति नियन्त्रणमा लिन ११ सेल अश्रु ग्यास प्रहार गरेको छ । झडपमा एकजना प्रहरी र एकजना सर्वसाधारण सामान्य घाइते भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुण बहादुर सिंहका […]
धनुषामा ताला फोडेर मोबाइल पसलमा चोरी गरेको आरोपमा तीन युवक पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । धनुषाको गणेशमान चारनाथ नगरपालिका–६, गोदार चोकस्थित राजकुमार मोबाइल पसलको सटरको ताला फोडी चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय ढल्केबरले उनीहरूको साथबाट चोरी भएका मोबाइलसहितका विभिन्न सामान बरामद गरेको जनाएको छ। पक्राउ पर्नेमा गणेशमान चारनाथ नगरपालिका–७ का २० वर्षीय अर्जुन मुखिया, १९ वर्षीय सिकेन्द्र […]
सर्लाहीबाट २५ किलो गाँजासहित एक युवक पक्राउ, एक फरार

सामाजिक फीड-जनकपुरधाम, भदौ १२ गते । सर्लाहीबाट लागूऔषध गाँजासहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी नगरपालिका–१४ कामिटारका २० वर्षीय सन्ते ब्लोन छन् । सर्लाही प्रहरीका अनुसार बुधबार बिहान करिब ११:५५ बजे लालबन्दी नगरपालिका–८ खतिवडा चोकमा चेकजाँचका क्रममा बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई शंका लागेर रोक्न खोज्दा चालक र पछाडि सवार […]
२७ किलो गाँजासहित मोटरसाइकल यात्री पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । इलाका प्रहरी कार्यालय लालबन्दीले २७ किलो लागूऔषध गाँजासहित एक युवकलाई पक्राउ गरेको छ। लालबन्दी नगरपालिका–१४, कामिटारका २० वर्षीय सन्ते ब्लोनलाई प्रहरीले गाँजासहित नियन्त्रणमा लिएको हो। बाग्मती प्रदेश–०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकलमा सवार दुई जनामध्ये ब्लोनलाई प्रहरीले चेकजाँचका क्रममा गाँजासहित पक्राउ गरेको हो। प्रहरी निरीक्षक बिरेन्द्र जोहारीका अनुसार, ब्लोनले बोकेको […]
बारामा सशस्त्र प्रहरीद्वारा १० लाखभन्दा बढीको अवैध सामान बरामद

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । सशस्त्र प्रहरी बल, बाराले भारतबाट तस्करी गरी ल्याइँदै गरेका करिब १० लाख ३२ हजार रुपैयाँ बराबरका अवैध सामान बरामद गरेको छ। सीमावर्ती क्षेत्रमा तस्करी नियन्त्रण अभियानलाई तीव्रता दिँदै प्रहरीले भदौ १३ गते विभिन्न स्थानमा खटिएको टोलीमार्फत सामानसहित मोटरसाइकल नियन्त्रणमा लिएको हो। कलैया उपमहानगरपालिका–६, बरेवामा सशस्त्र प्रहरी सहायक निरीक्षक परमानन्द […]
सर्लाहीबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, भदौ १३ गते । सर्लाहीबाट कटुवा पेस्तोलसहित दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामनगर गाउँपालिका–७ सिसौट टोलका २५ वर्षीय किशन महरा र बागमती नगरपालिका–४ जिरायत टोल बस्ने १८ वर्षीय श्याम महरा रहेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार भदौ ११ गते दिउँसो करिब ३ बजे भारतको सोनवर्षा तर्फबाट सर्लाहीको […]
बारामा वडाध्यक्षद्वारा शिक्षकलाई बन्धक बनाएर कुटपिट

सामाजिक फीड-जनकपुरधाम, भदौ १० गते । बाराको प्रसौनी गाउँपालिका–६ का वडाध्यक्ष बृजकिशोर कुशवाहाले एक शिक्षकलाई बन्धक बनाएर कुटपिट गरेको घटना सार्वजनिक भएको छ । पर्सा बहुदरमाईका स्थायी बासिन्दा भइ हाल प्रसौनी–६ बेलहियामा बस्दै आएका स्मार्ट कोचिङका शिक्षक नागेश्वर यादवलाई वडाध्यक्ष कुशवाहाको नेतृत्वमा रहेको समूहले वडा कार्यालयमै बन्धक बनाई कुटपिट गरेको हो । साउन २८ गतेको […]