Samajik Feed – News Portal from Nepal

उपलब्धि समाप्त गर्ने प्रयास भए भीषण आन्दोलन हुन्छ : उपेन्द्र यादव

सामाजिक फीड-जनकपुरधाम, भदौ १५ गते । जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवले मधेश आन्दोलनले प्राप्त गरेका उपलब्धिहरूलाई समाप्त पार्ने प्रयास भए मुलुकले भीषण आन्दोलनको सामना गर्नु पर्ने चेतावनी दिएका छन्। शनिबार जनकपुरधाममा जसपा नेपालको आधारभूत संगठन निर्माण अभियान अन्तर्गत आयोजित अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष यादवले मधेश आन्दोलनले स्थापित समानुपातिक समावेशी प्रणालीलाई समाप्त पार्ने […]

बर्दिवास रेल्वे स्टेशन र रेल्वे ट्रयाकमा कसरी भयो करोडौ राजश्व छली ?

सामाजिक फीड जनकपुरधाम, भाद्र १० देश कै बहुचर्चित ब्रोडगेज रेल मार्गको बर्दिवास रेल्वे स्टेशन निर्माणाधीन अवस्थामा नै विवादित वनेको छ जयनगर, जनकपुर, विजुलपुरा र भंगहा–बर्दिबास ब्रोडगेज रेल मार्गको ६९ किलोमिटर मार्गमा बनेका  एक दर्जन स्टेसन, हल्ट र जक्सन मध्ये मुख्य स्टेशनकोरुपमा निर्माणाधीन रेल्वे स्टेशन र वरपरको ट्रयाकमा भैइरहेको राजश्वको विषयलाई लिएर विवादित वनेका हुन । […]

जनताको मुद्दा बोक्न प्रहरीहरुलाई गृहमन्त्री लेखकको निर्देशन

सामाजिक फीड जनकपुरधाम, भाद्र १० गृहमन्त्री रमेश लेखकले जनताको मुद्दा बोक्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको नवनिर्मित भवन तथा भौतिक पूर्वाधारहरुको समुद्घाटन समारोहमा गृहमन्त्री लेखकले जनताको मुद्दा बोक्दा प्रहरीहरुको मुद्दा पनि सँगै आउने बताए । ‘प्रहरी साथीहरुलाई आत्मविश्वास काम गर्न आग्रह गर्दछु । जनताको मुद्दा बोक्नुपर्यो । जनताको मुद्दा बोक्दा […]

अहिलेको सरकारसँग आश पनि गर्नुस्, भर पनि पर्नुस्- प्रधानमन्त्री ओली

सामाजिक फीड जनकपुरधाम, ८ भदौ शनिवार प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको सरकारसँग देश विकासको आशा गर्न र भर पनि पर्न आग्रह गरेका छन् । फिनिक्स कलेज र युनिभर्सल कलेजद्वारा आज आयोजित ‘काठमाडौँ युथ कन्क्लेभ २०२४’ मा युवा सहभागीले सोधेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले यो सरकार केही गर्ने र परिवर्तन ल्याइछाड्ने सङ्कल्पका साथ आएको स्पष्ट […]

डा. मुकुल ढकालको प्रतिवेदनको अपनत्व नलिएको रास्वपाले प्रस्तावित कार्यक्रम गर्दै

सामाजिक फीड जनकपुरधाम, भाद्र ७ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पुरक महामन्त्री डा. मुकुल ढकालले आफुले पार्टीमा पेश गरेको प्रतिवेदनको अपनत्व नलिने बताएपनि सो प्रतिवेदनमा उल्लेख गरिएका कार्यक्रम भने कार्यान्वयनको प्रयास गरेको टिप्पणी गरेका छन् । ढकालले आफुले प्रतिवेदनमा आत्मनिर्भर नेपाल अभियान चलाउने उल्लेख गरेको बताउदै रवि लामिछाने क्लवले प्रतिवेदनको अपनत्व नलिने निर्णय गरे पनि […]

सहकारी ठगि प्रकरणमा आज संसदीय समितिले रवि लामिछानेको बयान लिदै

सामाजिक फीड जनकपुरधाम, भाद्र ७ सहकारी संस्था बचत रकम दुरुपयोग छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको बयान लिदै छ । समितिले अहिलेसम्म ४४ पटक बैठक बसेर विभिन्न सहकारी संचालक, ठगीको आरोप लागेका दर्जनौं व्यक्तिहरुको बयान लिइसकेको छ । त्यस्तै समितिले सरकारका बिभिन्न निकायका अधिकारीहरुसँग पनि […]

प्रभु साहको कडा कदम: मधेसका विद्यालय बन्द गर्ने धम्की

सामाजिक फीड जनकपुरधाम, भाद्र ४ रौतहट । आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले सरकारले मधेसमा विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था नगरे सम्पूर्ण विद्यालयहरु बन्द गर्ने चेतावनी दिएका छन् ।  रौतहटको गुजरा नगरपालिकाको खतवहियामा आज आजपाद्धारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो चेतावनी दिएका हुन् । विधार्थीको अनुपातमा शिक्षकको व्यवस्था सरकारले मधेसमा नगरेको […]

मस्कले चाहेमा सल्लाहकार वा मन्त्री बनाउछु- ट्रम्प

सामाजिक फीड जनकपुरधाम, भाद्र ४ अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् । समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउदै उनले चाहेमा उनलाई सल्लहाकार वा […]

बक्स अफिसमा स्त्री-२ को बम्पर कमाई जारी

सामाजिक फीड जनकपुरधाम, भाद्र ४ बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरिरहेको छ । फिल्मले रिलिजको पाँचौं दिन सोमबार मात्र ३८ करोड ४० लाख कमाई गरेको छ । फिल्म विश्लेषक तरण आदर्शका अनुसार फिल्मले अहिलेसम्म २४२ करोड ४० लाख कमाई गरिसकेको छ ।  फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख […]

परराष्ट्रमन्त्री राणाको भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता

सामाजिक फीड जनकपुरधाम, ३ भदौ २०८१, सोमवार भारत भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र  मोदीसँग भेटवार्ता गरेकी छन् ।  राणाले दिल्लीस्थित हैदरावाद हाउसमा मोदीसँग शनिबार साँझ भेटवार्ता गरेकी हुन् । भेटवार्तामा मन्त्री राणाले प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरेको दिल्लीस्थित नेपाली दुताबासले जानकारी दिएको […]