Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २८ गते ।

बढुवाको झण्डै एकवर्षपछि डा.श्रवणकुमार नायक मधेश स्वास्थ्य निर्देशनालयको निर्देशकको जिम्मेबारी सम्हालेका छन् । एघारौं तहमा बढुवा भएका डा. नायकलाई मधेश सरकारको सोमबार बसेको मन्त्री परिषदको बैठकले स्वास्थ्य निर्देशनालयको प्रमुखमा पदस्थापन गर्ने निर्णय गरेको थियो । निर्णय बमोजिम मुख्यमन्त्री कार्यालयले उनलाई मंगबार निर्देशनालय प्रमुखमा पदस्थापन गरेको हो ।
डा. नायक बुधबार नै मुख्यमन्त्री कार्यालयबाट पदस्थापन पत्र बुझेर निर्देशनालयमा हाजिर भएका हुन् । लामो संघर्ष पश्चात आफूले न्याय पाएको उनले बताए ।
१६ मंसिर २०८० मा स्वास्थ्य सेवाको एघारौं तहमा बढुवा भएका नायकलाई झण्डै ५ महिनादेखि मुख्यमन्त्री कार्यालयमा तलबभत्ता खाने गरी सरकारले थन्काएको थियो । स्वास्थ्य सेवा समूह हेल्थ इन्स्पेक्सन एघारौं तहका नायकको दरबन्दी भएको कार्यालय मधेश स्वास्थ्य निर्देशनालय नै हो ।

तर बढुवाको ७ महिनासम्म डा. नायक आफूभन्दा कनिष्ट डा. राजीवकुमार झा मातहतमा काम गर्नु परेको थियो । जबकी मधेश प्रदेश निजामति सेवा ऐन २०७७ को दफा ३७ को उपदफा १ मा बढुवा उपर उजुरी नपरे १६ औं दिनमा नियुक्ति गरिसक्नु पर्ने कानुनी प्रावधान छ ।

बढुवा अनुसार नियुक्ति र पदस्थापनको लागि नायक धेरै पटक मधेशका तत्कालीनु मुख्यमन्त्री सरोजकुमार यादव, वर्तमान मुख्यमन्त्री सतिशकुमार सिंह, प्रमुख सचिव, स्वास्थ्यमन्त्री र मुख्यमन्त्री गुहारेका थिए । तर उनलाई कसैले वास्ता गरेनन् । उल्टै सरकारले उनलाई कनिष्टको मातहतमा काम गर्न बाध्य पारे र मुख्यमन्त्री कार्यालयमा थन्काए ।

जनमत पार्टीका सतिशकुमार सिंह मुख्यमन्त्री बनेको करिब एक महिनापछि २० असारमा मन्त्रिपरिषद बैठकले नायकलाई निर्देशनालयको निर्देशकमा नियुक्ति गरेको थियो । तर पदस्थापन नगरी जिम्मेवारी विहीन बनाएर मुख्यमन्त्री कार्यालयमा थन्काएका थिए । इमान्दार र निष्ठावान राष्ट्रसेवक कर्मचारीको रुपमा चिनिने डा. नायक न्याको लागि झण्डै वर्षदिन भौतारिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!