Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक २९ गते ।

मधेश प्रदेशमा सत्ता गठबन्धनले जनमत पार्टीको नेतृत्वमा रहेको सरकारको कार्यप्रति असन्तोष जनाउँदै प्रभावकारिताको अभाव भएको निष्कर्ष निकालेको छ।

बिहीबार गठबन्धनको बैठकमा लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले सतिशकुमार सिंह नेतृत्वको सरकार बजेट खर्च गर्न नसकेको र कार्यक्षमतामा कमजोरी देखिएको बताए । यो विषयमा मुख्यमन्त्री, मन्त्री, र गठबन्धन दलका नेताहरूले बैठक बसी बजेट खर्च नहुनुको कारण र अगाडि बढ्ने उपायमाथि विस्तृत छलफल गर्ने तयारी भएको जानकारी दिए।

जनमत पार्टीका संसदीय दलका नेता महेश प्रसाद यादवले सरकारको सुस्तता र बजेट खर्च गर्न असमर्थता जनतामा निराशा र असन्तोषको कारण बनेको उल्लेख गरे। उनले जनताको गुनासो र निराशाका कारण गठबन्धनको बैठक बोलाइएको र सरकारको छवि बिग्रिन थालेकोमा चिन्ता व्यक्त गरे।

प्रदेश बजेट सूचना प्रणाली (पीएलएमबीआईएस) अझै नखोलिएकोले बजेट खर्चमा चुनौती आएको, र यसलाई तुरुन्त खोल्नुपर्ने आवश्यकता बैठकमा उठेको छ। गठबन्धन दलका नेताहरूले नियमित बैठकहरू बस्दै कामलाई प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको छ ।

जनमतका केन्द्रीय अध्यक्ष डा. सीके राउतको सल्लाहमा बसेको उक्त बैठकमा नेपाली काँग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद यादव, एमाले संसदीय दलका नेता तथा भौतिक पूर्वाधार विकास मन्त्री सरोजकुमार यादव, र जनमतका प्रदेश सांसद सञ्जय यादव समेत सहभागी थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!