Samajik Feed – News Portal from Nepal

धनुषामा बसी भात खान दिएको निहुमा सौतेनी आमाको हत्या

सामाजिक फीड-जनकपुरधाम, असार २४ गते । बासी भात खान दिएको निहुमा धनुषामा एक युवकले सौतेनी आमाको हत्या गरेको घटना सार्वजनिक भएको छ । हाल धनुषाको गणेशमान चारनाथ नगरपालिका ४ शिवनगर पथराईका अशोक जैसवालको घरमा डेरा गरी बस्दै आएका भारत बिहारको बेतिया नरकटियागंज थाना केयुनियाका राजु भगतका २० वर्षीया छोरा प्रेम भगतले सौतेनी आमाको हत्या गरेको […]

सर्लाहीमा तटबन्धको लागि खनेको खाल्डोमा डुबेर दाजुभाईको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार २४ गते । सर्लाहीमा एकै परिवारका दुई दाजुभाईको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका –४ बस्ने नागेन्द्र महतोका छोराद्वय बर्ष १२ का प्रिन्स महतो र वर्ष १० का दिपु महतो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।शनिबार साँझ ५ बजे कसैलाई जानकारी नदिई घरबाट खेल्न निस्केका थिए […]

धनुषामा करेन्ट लागेर एक कृषकको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, असार २४ गते । खेतमा सिँचाई गर्ने क्रममा करेन्ट लागएर धनुषामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ माचि झिटकैयाका ५५ वर्षीय सुर्यदेव ठाकुर बरही रहेको प्रहरीले जनाएको छ । आईतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा मोटरबाट पानी सिँचाइ गर्न खेत जाँदे गरेको बेला अरुले विछ्याएको विद्युतीय […]

लम्पी स्किन रोग नियन्त्रण गर्न एक लाख ८० हजारभन्दा बढी पशुलाई खोप

रासस-काठमाडौं, असार २३ गते । सरकारले मुलुकभर फैलिएको लम्पी स्किन रोग नियन्त्रण गर्न हालसम्म एक लाख ८० हजारभन्दा बढी पशुमा यसको खोप लाउने कार्य सम्पन्न गरेको छ । लम्पी स्किन गाईभैँसीमा भाइरसको कारण लाग्ने महामारी रोग हो । सरकारले प्रभावित पशुको उपचारका लागि सङ्घ, प्रदेश र स्थानीय तहबाट औषधिको व्यवस्थासहित प्राविधिक परिचालन गरेको पशु सेवा […]

जेल भित्र एक कैदी मृत फेला

रासस-बाँके, असार २१ गते । बाँकेको नेपालगञ्जस्थित कारागारमा एक कैदी मृत फेला परेका छन् । जानकी गाउँपालिका–६ का २३ वर्षीय नीरज गुप्ता आज बिहान शौचालयमा झुण्डिएको अवस्थामा फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिए । गुप्ताले तीन वर्षदेखि कैद सजाय भोग्दै आएका थिए । घटनाबारे मृतकको परीवार र आफन्तलाई खबर गरिएको र […]

किर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा उपमेयर पक्राउ

सामाजिक फीड-जनकपुधाम, असार २० गते । किर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वर नगरपालिकाकी उपमेयर मीरा यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे कार्यालयमा पुगेका बेला उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुमार कार्कीले जानकारी दिए । उपमेयर यादवविरुद्ध उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई […]

महोत्तरीमा गोली चल्यो,एकजना गम्भीर घाइते

सामाजिक फीड-जनकपुरधाम, असार २० गते । महोत्तरीमा गोली प्रहारबाट एकजना गम्भीर घाइते भएका छन् । दुई राउराण्ड गोली प्रहारबाट महोत्तरीकै रामगोपालपुर नगरपालिका १ बसबिट्टी बजारका ४४ वर्षीय श्रवण यादव गम्भीर घाइते भएका हुन् ।महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीप कुुमार गिरीका अनुसार स्थानीय ३८ वर्षीय कौशल मण्डलले सोही यादवमाथि गोली प्रहार गरेका हुन् । मंगलबार साँझ […]

उपचारको क्रममा गोदाबरी हस्पिटलमा युवकको मृत्यु, पाँच लाखमा घटना थामथुम

सामाजिक फीड-जनकपुरधाम, असार १९ गते । जनकपुकरको गोदावरी हस्पिटल प्रा.लिमा उपचारको क्रममा एक युवकको मृत्यु भएको घटना पाँच लाख रुपैयामा मिलापत्र भएको छ । धनुषाको धनौजी गाउँपालिका लखौरीका ३२ वर्षीय पपु राउतको सोमबार साँझ उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले क्षतिपुर्ति माग गर्दै तोडफोडको प्रयास गरेका थिए । उपचारमा लापरवाही गर्दा मृत्यु भएको भन्दै आफन्तजनले हस्पिटलमा […]

सर्लाहीमा ट्रकमा करेन्ट लाग्दा एक युवकको मृत्यु, चालक गम्भीर

सामाजिक फीड-जनकपुरधाम, असार १९ गते । सर्लाहीको चन्द्रनगरमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।मृत्यु हुनेमा ट्रकमा सवार रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ । उनी ट्रकमा काम गर्ने मजदुर हुन् । उनको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ। प्रहरीका […]

घट्यो पेट्रोलियम पदार्थको भाउ

सामाजिक फीड-जनकपुरधाम, असार १८ गते । पट्रोलियम पदार्थको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै आज राति १२ बजेटदेखि लागु हुने गरी मूल्य घटाएको हो । निगमका अनुसार पेट्रोलमा प्रतिलिटर ७.५० रुपैयाँ, डिजेलमा ६ र मट्टितेलमा ५ रुपैयाँ घटाएको हो । यसअनुसार पेट्रोल भारतसँगको सीमावर्ती क्षेत्रमा प्रतिलिटर १६७ रुपैयाँ […]