Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार २४ गते ।

सर्लाहीमा एकै परिवारका दुई दाजुभाईको खाल्डोमा जमेको पानीमा डुबेर मृत्यु भएको छ । सर्लाहीको पर्सा गाउँपालिका –४ बस्ने नागेन्द्र महतोका छोराद्वय बर्ष १२ का प्रिन्स महतो र वर्ष १० का दिपु महतो डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ ५ बजे कसैलाई जानकारी नदिई घरबाट खेल्न निस्केका थिए । साँझसम्म घर नफर्किँदा घरपरिवारले खोजविन सुरु गरेका थिए ।

खोजतलास गर्ने क्रममा घरबाट करिब ५ सय मिटर पर रहेको बाँके खोलामा तटबन्धका लागि खनेको खाल्डोमा जमेको पानीमा राति करिब १२ बजे दुबै बालक फेला परेका थिए । दुबै दाजुभाईलाई डुबेको अवस्थामा फेला पारेर प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले जानकारी दिए ।

उनका अनुसार शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पतालमा राखिएको र घटना विषयमा थप अनुसन्धान प्रहरीले गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!