सामाजिक फीड-
जनकपुरधाम, असार २४ गते ।
खेतमा सिँचाई गर्ने क्रममा करेन्ट लागएर धनुषामा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको कमला नगरपालिका २ माचि झिटकैयाका ५५ वर्षीय सुर्यदेव ठाकुर बरही रहेको प्रहरीले जनाएको छ ।
आईतबार बिहान ५ बजे आफ्नै खेतमा धानको बीउमा मोटरबाट पानी सिँचाइ गर्न खेत जाँदे गरेको बेला अरुले विछ्याएको विद्युतीय तारमा करेन्ट लागेर मृत्यु भएको हो ।
स्थानीय सत्यनारायण यादवले राती आफ्नै बोर्डिङगबाट खेतमा सिँचाई गरी तार त्यतिकै छाडेर घर गएका थिए । सोहीबाट बाट ठाकुर आफ्नो खतेमा जान लागेको बेला नांगो तार भएको ठाउँमा छाएर करेन्ट लागेको स्थानीले बताएका छन् ।
शवलाई पोष्टमार्टमको लागि जनकपुरको प्रादेशिक अस्पताल राखिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसा गौतमले जानकारी दिए । तार ओछयाएर छाडने सत्यनारायण यादव भने फरार छन् । उनको खोजी र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।