Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुधाम, असार २० गते ।


किर्ते कागजात पेश गरी नागरिकता लिएको आरोपमा सप्तरीको डाकनेश्वर नगरपालिकाकी उपमेयर मीरा यादवलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार साँझ साढे ५ बजे कार्यालयमा पुगेका बेला उनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुमार कार्कीले जानकारी दिए ।

उपमेयर यादवविरुद्ध उच्च अदालत जनकपुरको राजविराज इजलासले आइतबार नै प्रहरीलाई नागरिकता कसुरमा मुद्दा दर्ता गर्न आदेश दिएको थियो ।

उपमेयर मिरा र उनका पति महेन्द्र यादव भारतीय नागरिक रहेको र नक्कली प्रमाण खडा गरी नेपाली नागरिकता लिएको भन्दै डाकनेश्वरी नगरपालिका वडा न.– ४ का ३५ वर्षीय कृष्णकुमार यादवले प्रहरीमा उजुरी दर्ता गराउन दौडधुप जारी रखेका थिए ।

तर प्रहरीले उजुरी दर्ता नगरेपछि उनले उच्च अदालतमा रिट दिएका थिए । रिट उपर सुनुवाई गर्दै अदालतले प्रहरीलाई मुद्दा दर्ता गरी पक्राउ गर्न परमादेश जारी गरेको थियो । प्रअरीले उपमेयरका पति महेन्द्र भने फरार छन् । एमालेका केही नेतासहित साँझ प्रहरी कार्यालय पुगेपछि उमेयरलाई प्रहरीले पक्रेको हो ।

नागरिकता सम्बन्धि कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अघि बढाएको एसपी कार्कीले बताए । उनको पतिको खोजविन भइरहेको छ ।
उपमेयर मीरा र उनका पति महेन्द्र भारतको बिहार राज्यअन्तर्गत मझारी ग्राम, थाना निर्मली, पञ्चायत मझारी, अञ्चल निर्मली, जिल्ला सुपौलनिवासी रहेको दाबी उजुरीमा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *