Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, असार १९ गते ।

सर्लाहीको चन्द्रनगरमा गुडिरहेको ट्रकमा करेन्ट लाग्दा एक युवकको मृत्यु भएको छ भने चालक गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा ट्रकमा सवार रौतहटको विश्रामपुर गाउँपालिका २ का २४ वर्षीय सञ्जय मुखिया रहेको प्रहरीले जनाएको छ । उनी ट्रकमा काम गर्ने मजदुर हुन् । उनको मृत्यु घटनास्थलमै भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार चन्द्रनगर गाउँपालिका ७ मा गुडिरहेको ना ४ ख ६९७६ नम्बरको ट्रकले बिजुलीको तार छुँदा करेन्ट लागेको थियो ।

घटनामा ट्रकका चालक बाराको निजगढ नगरपालिका ६ का ५२ वर्षीय प्रेमबहादुर राउत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

उनलाई स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचार गरी थप उपचारका लागि वीरगन्ज लगिएको छ। घटना विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a reply

  • Default Comments (0)
  • Facebook Comments

Your email address will not be published. Required fields are marked *