Samajik Feed – News Portal from Nepal

आज लोक आस्थाको महापर्व छठ, अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १० गते । लोक आस्थाको महापर्व छठ आज श्रद्धा र उत्साहपूर्वक मनाइँदै छ । पारिवार एवं सन्तानको सुख समृद्धिको कामना गर्दै अत्यन्त श्रद्धापूर्वक मनाइने छठपर्वमा आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिइन्छ । अस्ताउँदो सूर्यलाई अर्घ्य दिन जनकपुरको पोखरी तलाउमा बनाईएको घाटमा विहनैदेखि छठको पूजा सामग्री लिएर भक्तजनहरु जान थालेका छन् । यस्तै ग्रामिण […]

लक्ष्मीनियामा युवाहरुको सक्रियतामा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ९ गते । लक्ष्मीनिया गाउँपालिका–७ मा युवाहरूको पहल र सक्रिय सहभागितामा गाउँपालिकास्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ । पहिलो पटक आयोजना गरिएको उक्त प्रतियोगितामा ६ टिमबीच प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई पहिलो, दोस्रो र तेस्रो स्थानका लागि पुरस्कार, प्रमाणपत्र तथा शिल्ड प्रदान गरिएको छ । गाउँपालिकाका पहिलो प्रशासकीय […]

बटेश्वर गाउँपालिकामा गाउँ बारे मन्थन र रक्तदान सम्पन्न

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । हिन्दुहरुको महान चाड तिहार तथा छठ पर्वको उपलक्ष्य धनुषाको बटेश्वर गाउँपालिमा शनिबार रगत परीक्षण, रगत दान र गाउँको विभिन्न पक्षबारे मन्थन सम्पन्न भएको छ । बटेश्वर युवा सञ्जालको आयोजना ब्लड फर नेपालको सहकार्य तथा रेडक्रस नेपाल जनकपुरको सहयोगमा भएको रक्तदान कार्यक्रममा ४८जना जनाले रक्तदान गरेका छन् । यस्तै […]

छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै

सामाजिक फीड– जनकपुरधाम, कार्तिक ९ गते । छठ पर्वको दोस्रो दिन आज खरना मनाइँदै छ। आदिदेव सूर्यको उपासना गरेर विशेष नियम र श्रद्धाका साथ मनाइने यस पर्वमा, आज साँझ चामल, सक्खर, र दूधबाट बनाइएको खीर प्रसादको रूपमा ग्रहण गरेर खरना मनाइन्छ। दिनभर उपवास बसेका छठ ब्रतालुले साँझ खीर बनाएर विशेष विधिपूर्वक प्रसादको रूपमा ग्रहण गर्छन्। […]

छठ पर्व सुरु, पहिलो दिन आज ‘नहाय, खाय’

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ८ गते । सूर्यदेवको आराधना गरी चार दिनसम्म श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व आजदेखि विधिवत रूपमा सुरु भएको छ । पहिलो दिन आज ‘नहाय–खाय’ मनाइँदैछ । आजको दिन ब्रतालुहरूले नदी वा पोखरीमा स्नान गरी अरवा–अर्बाइन भोजन ग्रहण गर्ने परम्परा छ । पारिवारिक सुख–समृद्धि र सन्तानको कल्याणको कामनासहित मनाइने यस पर्वको दोस्रो […]

थिलाञ्चल क्षेत्रमा आज भरद्वितीया मनाइँदै

राससमहोत्तरी, कार्तिक ६ गते । महोत्तरीसहित तराई–मधेशका अधिकांश क्षेत्रमा आज ‘भैयादुज’ पर्व मनाइँदै छ । यमपञ्चक अर्थात् दीपावली पर्वको पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दाजुभाइले दिदीबहिनीको निम्ता मान्दै यो चाड मनाउने मैथिल परम्परा छ ।सामान्यतया पाँच दिनको हुने यमपञ्चक यसपालि भने धनतेरस गत शनिबार नै मनाइँदा छ दिनको भएको छ । त्यसैले गत शनिबार […]

रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ५ गते । रौतहटको गौर नगरपालिकाका पूर्ववडाध्यक्षको बुधबार करेन्ट लागेर मृत्यु भएको छ । गौर नगरपालिका-५ का पूर्ववडाध्यक्ष रामस्वार्थराय यादवको करेन्ट लागेर मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार गौरस्थित आफ्नै बाख्रा फर्ममा पानी भर्न मोटर चलाउने क्रममा करेन्ट लागेर यादव गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि […]

जनकपुर आएर प्रचण्डले भने ‘समयमै निर्वाचन हुनुपर्छ’

सामाजिक फीड-जनकपुरधाम, कात्तिक ५ गते । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचन तोकिएको समयमा हुनुपर्ने बताएका छन् । बुधबार जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै उनले सरकारलाई निर्वाचनको वातावरण बनाउन आग्रह गरे । ‘निर्वाचन तोकिएको समयमा हुनुपर्छ। सरकारले यसलाई गम्भीरतापूर्वक लिएर निर्वाचनको वातावरण बनाउनुपर्छ’ उनले भने ‘हिजो मात्रै दलहरूसँग भएको वार्ताबाट सरकार […]

रौतहटमा डुबेर दुई दाजुभाइको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, कार्तिक १ गते । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा स्थित झाझ खोलामा नुहाउने क्रममा डुबेर दुई बालकको मृत्यु भएको छ ।मृत्यु हुनेमादेवाही गोनाही नगरपालिका–३ घर भई शिवनगरमा बस्दै आएका संजिव साहका १० वर्षीय छोरा निरज साह र उनका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साह रहेकोरौतहटका प्रहरी प्रवक्ता  राजु कार्कीले जानकारी दिए । […]

मधेशका शिक्षा मन्त्री शर्माले दिइन् पदबाट राजिनामा

सामाजिक फीडजनकपुरधाम, असोज २७ गते । मधेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले पदबाट राजिनामा दिएकी छन् । उनले आजै मुख्यमन्त्रीलाई पत्र लेख्दै पदबाट राजिनामा दिएकी हुन् । उनी लोसपाबाट एकल मन्त्री बनेकी थिइन् । मुख्यमन्त्री सतिशकमार सिंहले मधेश प्रदेशसभाबाट विश्वासको मत लिने पूर्व सन्ध्यामा मन्त्री शर्माले राजिनामा घोषणा गरेकी हुन् । यसअघि […]