Samajik Feed – News Portal from Nepal

धनुषामा टेन्ट घरमा आगलागी हुँदा ६ लाख बढीको क्षति

सामाजिक फीडजनकपुरधाम, वैशाख १५ गते । धनुषामा टेन्टको सामाना राख्ने घरमा आगलागी हुँदा ६ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको टेन्टको सामान राख्ने घरमा गएराति साढे १० बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, लत्ताकपडा, अन्नपात, नगद गरी […]

जनकपुरमा ७ लाख बढी मूल्यका भन्सार छलीका सामान बरामद

जनकपुरधाम, वैशाख १४ गते । जनकपुरधामको बीच बजारबाट प्रहरीले ७ लाख भन्दा बढी मूल्यको भन्सार छलीका अवैध सामान बरामद गरेको छ । जानकीचोकीबाट खटेको प्रहरी टोलिले जनकपुरधाम स्थित महावीर चोकबाट दुईवटा मोटरसाइकलमा भारतबाट ल्याउँदै गरेको भन्सार छलिका लत्ताकपडा र किरानाको समामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुनसार लत्ताकपडा, किरानको सामान ७ लाख […]

फेरि आन्दोलनमा जाने मिटरब्याज पीडितको चेतावनी

सामाजिक फीड-जनकपुरधाम, वैशाख १४ गते । मिटरब्याज पीडितहरूले फेरि आन्दोलनमा जाने चेतावनी दिएका छन् । शुक्रवार लहानमा पत्रकार सम्मेलन गर्दै मिटरब्याज पीडितहरूले आन्दोलनमा जाने चेतावनी दिएका हुन् । मिटरब्याज पीडितसँग सरकारले पटकपटक सहमति गरेपनि सरकार इमानदार नदेखिएको पीडितहरूको गुनासो छ । मिटरब्याज पीडितलाई न्याय दिनुको साटो पछिल्लो समय प्रहरी प्रशासनले साहुकारसँग साठगाठ गरी पक्राउ गर्ने, […]

पर्साको धोबिनी गाउँपालिकाको स्वास्थ्य संस्थाहरूमा औंषधीको अभाव

वैशाख १३ वीरगंज – पर्साको धोबिनी गाउँपालिकामा रहेको स्वास्थ्य संस्थाहरूमा औंषधी अभाव हुदा सेवाग्रही हरु मर्कामा परेका छन। नेपाल सरकारले मापदण्ड बनाएको छ कि स्वास्थ्य संस्था हरुमा ९८ किसिमका औंषधी खरिद गरि निशुल्क बितरण गर्ने रहेपानी अहिले धोबिनी गाउँपालिकाको वडा नं ४ लंगडी स्वास्थ्य संस्था लगायत हरुमा औंषधी नरहेको कारण सेवा ग्रही हरु रितो हाथ […]

काँग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला

सामाजिक फीड-जनकपुरधाम, वैशाख १३ गते । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको छ । रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा दोषी ठहर गर्दै आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, […]

मटिहानीमा आगलागीले एकसय बढी घर जलेर खरानी, ७ वटा चौपाया जल्यो

सामाजिक फीडजनकपुरधाम, वैशाख १२ गते । महोत्तरीको मटिहानी नगरपालिकामा भएको भीषण आगलागीले सयभन्दा बढी घर जलेर नष्ट भएको छ । मटिहानी नगरपालिका ६ जरलहवागाछी टोलमा दउँसो १ बजे एउटा घरबाट सल्केको आगोले १२५ घर जलेर नष्ट भएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए ।धनुषा, महोत्तरी र भारतीय गरी १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत […]

जनकपुरको अर्को होटेलमा फेरि युवक मृत भेटिए

सामाजिक फीड-जनकपुरधाम, वैशाख १२ गते । जनकपुरको एक होटलमा एक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत भेटिनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय अमित कुशियैत यादव रहेको प्रहरीले जनाएको छ । धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा अनुसार हिजो साँझ ७ बजे कोठा नं. २०४ बुक गरेर बसेेका यादव राति ११ […]

रौतहटमा आगलागीबाट ७ घर जलेर नष्ट

रौतहट, वैशाख ११ गते । रौतहटको देवाहि गोनाही १ करुनिया स्थित मंगलवार अपरान्ह भएको आगलागी बाट ७ वटा घर जलेर लाखौंको क्षती भएको छ । बिद्युतको तार सर्ट भएर अपरान्ह ४ बजे भएको आगलागी बाट स्थानिय साबिर हुसेन, नजारुल अन्सारी, अनसारुल अन्सारी,ईद महमद, मजिद अन्सारी, सोबराती अन्सारी, र अलिशेर अन्सारीको घर जलेर नष्ट भएको हो। […]

जनकपुरको एक होटेलमा झुण्डेको अवस्थामा महिला र पुरुष मृत फेला

सामाजिक फीड-जनकपुरधाम, वैशाख ११ गते । जनकपुरको एक होटेलमा पुरुष र महिला मृत भेटिएका छन् । रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा आज दिउँसो पुरुष र महिला सलको एउटै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् । मृत भेटिनेमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी […]

मोटरसाइकल दुर्घटनामा पत्रकार विनय यादवको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, वैशाख ११ गते । धनुषामा मोटरसाइकल दुर्घटनामा हुँदा पत्रकार विनय कुमार यादवको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ५ घर भएका २८ वर्षीय पत्रकार यादवको आज बिहान करिब ६ बजे मृत्यु भएको हो । यादवले चलाएर जनकपुर आउँदै गरेको प्रदेश ०२–००६ प ३०३५ नम्बरको मोटरसाइकल आज बिहान ३ः५० बजे जनकपुर ढल्केवर सडक खण्डको […]