Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, वैशाख ११ गते ।

जनकपुरको एक होटेलमा पुरुष र महिला मृत भेटिएका छन् । रामानन्दचौकमा रहेको होटेल होलि डे एण्ड गेष्ट हाउसमा आज दिउँसो पुरुष र महिला सलको एउटै पासोमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन् ।

मृत भेटिनेमा महोत्तरीको पिपरा गाउँपालिका–३ का ३१ वर्षीय हितेन्द्र पासवान र माइत पिपरा नै भएकी महोत्तरीको लोहारपट्टी नगरपालिका ४ खट्टाकी अन्दाजी २५ वर्षीया प्रियंका कापर छन् ।

आज बिहान ११ बजेतिर कोठा नम्बर २०५ मा दुबैजना पासोमा झुन्डिएर मृत अवस्थामा भेटिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । कोठा भित्र महिलाकी अढाई वर्षीया छोरी रोइरहेको आवाज सुनिएपछि झ्यालबाट हेर्दा दुबैजना झुण्डेका थिए ।
प्रहरी टोलि घटनास्थल पुगेर ढोकालाई फोडेर बालिकालाई बाहिर निकालेको छ । बालिका महिलाकी छोरी हुन् ।

दुवैजना चार दिनदेखि होटेलमा थिए । पुरूषको चार र महिलाको १ सन्तान छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!