Samajik Feed – News Portal from Nepal


सामाजिक फीड-
जनकपुरधाम, वैशाख १२ गते ।

जनकपुरको एक होटलमा एक झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । मृत भेटिनेमा धनुषाको गणेशमान चारनाथ नगरपालिका ३ बस्ने २५ वर्षीय अमित कुशियैत यादव रहेको प्रहरीले जनाएको छ ।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवा अनुसार हिजो साँझ ७ बजे कोठा नं. २०४ बुक गरेर बसेेका यादव राति ११ बजे झुन्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
यस अघि मंगलबार दिउँसो मात्रै जनकपुरको रामानन्दचोक स्थित होटल होलि डे एण्ड गेष्टहाउसमा एक महिला र एक पुरुष झुन्डिएको अवस्थामा मृत फेला परेका थिए ।

घटना विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!