Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, वैशाख १४ गते ।

मिटरब्याज पीडितहरूले फेरि आन्दोलनमा जाने चेतावनी दिएका छन् । शुक्रवार लहानमा पत्रकार सम्मेलन गर्दै मिटरब्याज पीडितहरूले आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

मिटरब्याज पीडितसँग सरकारले पटकपटक सहमति गरेपनि सरकार इमानदार नदेखिएको पीडितहरूको गुनासो छ । मिटरब्याज पीडितलाई न्याय दिनुको साटो पछिल्लो समय प्रहरी प्रशासनले साहुकारसँग साठगाठ गरी पक्राउ गर्ने, यातना दिने काम गरिरहेको पीडितहरूको आरोप छ ।

प्रहरी प्रशासन मिटरब्याज आन्दोलनलाई असफल बनाउन र पीडितका समस्या दबाउन षड्यन्त्रपूर्वक लागिपरेको उनीहरूको भनाइ छ । यो अवस्थामा सुधार भई पीडितका समस्या समाधानको काम प्रभावकारी ढंगले अघि नबढे चाँडै सशक्त आन्दोलन जाने चेतावनी मिटरब्याज विरुद्धको संघर्ष समिती, नेपालका संयोजक मनोज कुमार पासमानले दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!