सामाजिक फीड
जनकपुरधाम, वैशाख १५ गते ।
धनुषामा टेन्टको सामाना राख्ने घरमा आगलागी हुँदा ६ लाख भन्दा बढीको धनमाल जलेर नष्ट भएको छ । हंसपुर नगरपालिका २ बघचौडाका स्थानीय श्यामनाथ साहको टेन्टको सामान राख्ने घरमा गएराति साढे १० बजे अचानक आगलागी भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको टेन्ट हाउसको सामान, लत्ताकपडा, अन्नपात, नगद गरी गरी ६ लाख १० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । आगलागी धनुषाधाम नगरपालिकाको बारुणयन्त्र, प्रहरी तथा स्थानीयको सहयोगमा नियन्त्रणमा आएको थियो ।
आगलागी विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।