Samajik Feed – News Portal from Nepal

आज यी स्थानहरुमा भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, साउन ९ गते । हाल देशभर आंशिक देखि सामान्य बदली छ । बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन÷चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम […]

दलितमाथि भइरहेको अन्यायविरुद्ध लड्न सर्घष समिति गठन, संयोजकमा महरा

सामाजिक फीड-जनकपुर,साउन ८ गते । दलित समुदाउमाथि भइरहेको अन्याय÷अत्याचारविरुद्ध मधेस प्रदेशमा क्रियाशील राजनीतिक दलका भातृ सङ्गठनहरू एकजुट भएर लाग्ने प्रण गरेका छन् । दलित सरोकार मञ्च, नेपालका कार्यकारी निर्देशक भोला पासवानको अगुवाइमा जनकपुरस्थित मसला कटेजमा भातृ सङ्गठनहरूको सोमबारको संयुक्त बैठकले सो प्रण गरेका हुन् । संयुक्त बैठकले जसपाको दलित भातृ संगठन समाजवादी दलित मुक्ति सङ्गठनका […]

आज यी वर्ष प्रदेशहरुमा भारी वर्षाको सम्भावना

सामाजिक फीड-जनकपुरधाम, साउन ८ गते । मनसुनी वायुको प्रभावले आजदेखि देशका विभिन्न भूभागहरूमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान् महाशाखाका अनुसार आज मनसुनी वायुको प्रभावका कारण चार प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ। दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहँदा राति गण्डकी र […]

जनकपुर–जयनगर रेलमा महिलाको २ लाख ७० पाकेटमारी

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते । जनकपुर जयनगर रेलमा एक महिलाको पौने ३ लाख रुपैयाँ पकेटमारी भएको छ । धनुषाको जनकनन्दनी गाउँपालिका– ६ कठालकी सुनिताकुमारी यादवको २ लाख ७० हजार रुपैयाँ पाकेटमारी भएको हो । आइतबार जनकपुर रेल्वे स्टेशनमा रेल चढ्ने बित्तिकै आफूले रकम र १० हजार बराबरको गहना रहेको ह्याण्ड ब्याग गायब भएको उनले […]

महोत्तरीमा डिएसपीको कसले भाँचिदियो खुट्टा ?

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते । महोत्तरीमा एक प्रहरी नायव उपरीक्षक (डिएसपी) माथि आक्रमण भएको घटना बाहिरिएको छ । धनुषाको प्रदेश प्रहरी गणमा कार्यरत्त डिएसपी चन्देश्वर यादवमाथि आक्रमण भएको हो । घटना बिहीबार राति १० बजेको हो । महोत्तरीको जलेश्वर नगरपालिका–२ बसपार्क नजिक विद्यापति नगरमा उनीमाथि आक्रमण भएको महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी दिलीपकुमार गिरीले जानकारी […]

नेपाल भारतसीमा दशगजामा गोली दागेर एक महिलाको हत्या

सामाजिक फीड-जनकपुरधाम, साउन ७ गते । धनुषा नजिक नेपाल भारत सीमा क्षेत्रमा गोली दागेर एक महिलाको हत्या भएको छ । धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका २ बेल्ही स्थित दशगजा पारी एक ३५ वर्षीया महिलाको गोली दागेर हत्या भएको हो । घटना राति ८ः२० को हो । मोटरसाइकलमा सवार भएर दुईजनाको समूहमा आएका अज्ञात व्यक्तिले दुई राउन्ड […]

धनुषामा चिर्पट प्रहार गरी एकजनाको हत्या

सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते । धनुषामा नातामा भिनाजु पर्ने एक भारतीय नागरिकको चिर्पट प्रहार गरी हत्या भएको छ । हत्या हुनेमा भारतको सोनपुर चन्दौली बस्ने ३८ वर्षीय शिवमुरत सिंह छन् । उनलाई चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लक्ष्मिनिया गाउँपालिका ७ लक्ष्मिनिया बजारमा काम गरी […]

मोनाष्टिक स्कुललाई सिङ्गापुरमा ‘बेस्ट स्कुल अवार्ड–२०२३’

सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते । मोनाष्टिक स्कूल/कलेज जनकपुरलाई अन्तर्राष्ट्रिय अवार्ड ‘बेस्ट स्कुल अवार्ड–२०२३’ प्रदान गरिएको छ । विगत ३७ वर्षदेखि शिक्षा क्षेत्रमा गुणस्तरीय शिक्षाको लागि उत्कृष्ट याेगदान दिँदै आइरहेको मोनाष्टिक स्कूल/कलेजले शिक्षा क्षेत्रमा पुर्याएको योगदान स्वरुप ‘बेस्ट स्कुल अवार्ड-२०२३’ प्रदान गरिएको हो ।एक्जिटो एजुकेसन, अष्ट्रेलियाको आयोजना, एक्जिटो इभेन्ट्सको ब्यबस्थापन तथा अनुजा मिडिया नेपालको सम्योजनमा […]

रौतहटमा नहरमा डुबेर एक बालिकाको मृत्यु

सामाजिक फीडजनकपुरधाम, साउन ६ गते रौतहटमा नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । शनिबार जिल्लाको चन्द्रपुर–१० स्थित वाग्मती नहरमा डुबेर एक बालिकाको मृत्यु भएको छ । अर्की एक बालिकालाई नहरबाट सकुशल उद्धार गरिएको छ । बडेर्वाका राजकुमार साहकी ८ वर्षीय छोरी शिवानीकुमारी साह र स्थानीय परमेश्वर साहकी ८ वर्षीया नातिनी शिवानी साह गाउँनजिक रहेको […]

धनुषामा कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन ६ गते । धनुषा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २१ वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ सखुवा महेन्द्रनगर बस्ने ५१ वर्षीय बिसुनदेव सदा मुसहर छन् । फरार रहेका उनलाई २१ वर्षपछि पक्राउ गरी कर्तव्यज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको […]