सामाजिक फीड-
जनकपुरधाम, साउन ६ गते ।
धनुषा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई २१ वर्षपछि पक्राउ गर्न सफल भएको छ । पक्राउ पर्नेमा क्षिरेश्वरनाथ नगरपालिका वडा नं. ३ सखुवा महेन्द्रनगर बस्ने ५१ वर्षीय बिसुनदेव सदा मुसहर छन् ।
फरार रहेका उनलाई २१ वर्षपछि पक्राउ गरी कर्तव्यज्यान मुद्दामा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।