Samajik Feed – News Portal from Nepal

मधेश प्रदेशसभा : पाँच संसदीय समितिको सभापति चयन, तीनजना महिला

सामाजिक फीड-जनकपुरधाम, असार ३ गते । मधेश प्रदेहसभामा सात मध्ये पाँचवटा संसदीय समितिको सभापति चयन गरिएको छ ।दलहरुले भागवण्डामा शनिबार साँझ सर्वसहमतिद्वारा रुपमा पाँचसमितिको सभापति चयन गरिएको हो । प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रमुख प्रतिपक्षी नेकपा एमालेकी मञ्जु थापा, विकास समिति सभापतिमा जसपाका सारदा शंकर प्रसाद कलवार, महिला बालबालिका तथा सामजिक न्याय […]

कोशी प्रदेशमा बाढीका कारण ३१ जना बेपत्ता

सामाजिक फीड-जनकपुरधाम,जेठ ३ गते । बाढीका कारण कोशी प्रदेशमा ३१ जना बेपत्ता भएका छन् । गए राति अभिरल वर्षासंगै आएको बाढी र पहिरोमा सङ्खुवासभामा २२ जना ताप्लेजुङ्मा ४ जना र पाँचथारमा ५ जना बेपत्ता भएका छन् । सङ्खुवासभाको हेवाखेलामा गए राति आएको बाढीले सात घर बगाएको छ । अविरल वर्षासँगै आएको बाढीले हेवाखोला किनारका सात […]

धनुषाका एसपी खड्काविरुद्ध एमालेको प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, असार २ गते । धनुषा प्रहरी विरुद्ध नेकपा एमालेले प्रदर्शन गरेको छ । शनिबार धनुषाका प्रहरी उपरीक्षक विश्वराज खड्काविरुद्ध एमाले नेता कार्यकर्ताले जिल्ला प्रहरी कार्यालय धनुषा घेराउ गर्दै प्रदर्शन गरेका हुन् । एमाले केन्द्र सदस्य तथा पूर्वमन्त्री उमाशंकर अरगरियाको नेतृत्वमा नेताकार्यकर्ता जनकपुरको भानुचोकबाट प्रदर्शन गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए । […]

मधेश सरकारद्वारा छोरीलाई साईकल वितरणमा ‘ब्रेक’ र ल्यापटप क्यान्सिल

सामाजिक फीड-जनकपुरधाम, असार २ गते । चर्को आलोचनापछि मधेश सरकारले”छोरीलाई साईकल वितरणमा ब्रेक र ल्यापटप वितरण कार्य नगर्ने भएको छ । मधेश सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको बजेटमा यी दुबै योजनाका लागि बजेट विनियोजन नगरेको जनाएको छ । सरकारले बजेट अघि ल्याएको नीति तथा कार्यक्रममा मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत सामुदायिक विद्यालयमा […]

मधेश सरकारले ल्यायो ४४ अर्ब बढी बजेट

सामाजिक फीड– जनकपुरधाम, असार १ गते । मधेश सरकारको आगामी आर्थिक वर्ष २०८०/०८१ को अनुमानित बजेट ४४ अर्ब ११ करोड ४६ लाख ३२ हजार बजेट ल्याएको छ ।चालू तर्फ १८ अर्ब २१ करोड, ७६ लाख १४ हजार अर्थात् ४१.३० प्रतिश र पुजिगत तर्फ २५ अर्ब ६९ करोड ७० लाख १८ हजार अर्थात् ५८.२५ प्रतिशत बजेट […]

कथित उपल्लो जातको छोरी भगाएको निहुमा दलित परिवारमाथि अपहरणदेखि हत्या प्रयाससम्म

सामाजिक फीड-जनकपुरधाम, असार १ गते । गैर दलितको छोरी भगाएको निहुम सिरहामा एक दलित परिवारमाथि सृंखलावद्ध रुपमा अपराधिक घटना घटाइएको खुलासा भएको छ । सिरहाको मिर्चैया नगरपालिका १ बस्ने घुरण महराका श्रीमती ४५ वर्षीया राजकुमारी महराको गत मंगलबार सिरहाको बन्दीपुर स्थित भुल्केचोकबाट अपहरणमा परेकी थिइन् । राजकुमारीलाई बुधबार राति साढे ८ बजे लहानबाट अपहरण मुक्त […]

यातायात कार्यालय जनकपुरबाट एक दलाल पक्राउ

सामाजिक फीड-जनकपुरधाम, जेठ ३२ गते । यातायात कार्यालय जनकपुरबाट एक दलाल पक्राउ परेका छन् ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १४ बस्ने २६ वर्षीय सुवास कुमार राउत छन् । बिहिबार दिउँसो करिब २ बजेको समयमा जनकपुर उपमहानगरपालिका १४ स्थित रहेको यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेका धनुषका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले […]

धनुषाको एक कपडा पसलमा आगलागी

सामाजिक फीड-जनकपुरधाम, जेठ ३२ गते । धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी भएको छ । मिथिलाबिहारी–७ स्थित तारापट्टी चोकमा अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत सर्ट भई आगलागी भएको हो । स्थानीय रामबाबु साहको घरमा सञ्चालनमा रहेको कपडा पसलमा बिहीबार बिहान आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको क्षति भएको धनुषाका प्रहरी प्रवक्ता […]

लम्पी स्किन रोगको चपेटामा पशु, साढे नौ हजार मरे

रासस–काठमाडौं, जेठ ३२ गते । गर्मीयाम सुरु भएलगत्तै मुलुकभर गाईभैँसीमा लम्पी स्किन रोगको प्रकोप व्यापकरूपमा फैलिएको छ । चालु आर्थिक वर्षमा गत माघ महिनामा पहिलो पटक झापामा देखापरेको यस रोगको प्रकोपबाट हालसम्म नौ हजार चार सय १० गाई, गोरु र भैँसी मरेका छन् । यसैगरी, हालसम्म तीन लाख ५५ हजार छ सय ९८ पशु सङ्क्रमित […]

सर्लाहीमा कारले ठक्कर दिँदा वृद्धको मृत्यु

सामाजिक फीड-जनकपुरधाम, जेठ ३१ गते । सर्लाहीमा कारको ठक्करबाट एक बृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा सर्लाहीको कविलासी नगरपालिका १० बस्ने ६५ वर्षीय सोनेलाल राय यादव छन् । बुधबार साँझ करिब साढे ५ बजे नवलपुरबाट मलंगवातर्फ जाँदै गरेको बा.४ च ९२०० नम्बरको कारले ठक्कर दिँदा यादवको घटनास्थलमै मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र […]