Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, जेठ ३२ गते ।

धनुषाको मिथिलाबिहारी नगरपालिकास्थित एक कपडा पसलमा आगलागी भएको छ ।

मिथिलाबिहारी–७ स्थित तारापट्टी चोकमा अकबर नदाफले सञ्चालन गरेको न्यू आरजु वस्त्रालयमा विद्युत सर्ट भई आगलागी भएको हो ।

स्थानीय रामबाबु साहको घरमा सञ्चालनमा रहेको कपडा पसलमा बिहीबार बिहान आगलागी हुँदा ८० लाख रुपैयाँ बराबरको क्षति भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।

स्थानीय, प्रहरी तथा धनुषाधाम नगरपालिका र जनकपुरधाम उपमहानगरपालिकाबाट बारुण यन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!