सामाजिक फीड-
जनकपुरधाम, जेठ ३२ गते ।
यातायात कार्यालय जनकपुरबाट एक दलाल पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १४ बस्ने २६ वर्षीय सुवास कुमार राउत छन् ।
बिहिबार दिउँसो करिब २ बजेको समयमा जनकपुर उपमहानगरपालिका १४ स्थित रहेको यातायात कार्यालयमा बिचौलियाको काम गरिरहेको गोप्य सूचनाको आधारमा उनलाई पक्राउ गरेका धनुषका प्रहरी प्रवक्ता डिएसपी वेदप्रसाद गौतमले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।