Samajik Feed – News Portal from Nepal

बारा २ मा डा.सीके राउतद्वारा ‘स्वाभिमान यात्रा’ सुरु

सामाजिक फिड-जनकपुरधाम, चैत २६ गते । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले स्वाभिमान यात्रा सुरु गरेका छन् । बारा क्षेत्र नम्बर २ को उपनिर्वाचन लक्षित स्वाभिमान यात्रा सुरु आइतबार डा. राउतले सुरु गरेका हुन् । चुनाव प्रचार–प्रसार केन्द्रीत उक्त यात्रामा जनमत पार्टीबाट बारा क्षेत्र नम्बर २ का उम्मेदवार शिवचन्द्र प्रसाद कुशवाहा र स्थानीय नेता तथा कार्यकर्ताहरु […]

ज्वाइँको कुटपिटबाट ससुराको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत २६ गते । सप्तरीमा ज्वाइँको कुटपिट घाइते ससुराको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साईन नगरपालिका ६ खामगडाका ५५ वर्षीय छठु महतो रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए । डिएसपी सिंहका अनुसार गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साईन नगरपालिका ७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र […]

उपराष्ट्रपति यादवले जानकी मन्दिरमा गरे पूजाअर्चना

सामाजिक फिड– जनकपुरधाम, चैत २५ गते । उपराष्ट्रपति रामसहाय यादव जनकपुरधामको प्रसिद्व जानकी मन्दिरमा विशेष पूजाअर्चना गरेका छन् । उपराष्ट्रपति भएपछि पहिलोपटक जनकपुरधाम आएका उनी जानकी मन्दिरमा विशेष पूजाअर्चना, दर्शन तथा अवलोकन गरेका हुन् । उनलाई मन्दिरका सहायक महन्त रामरोशन दास वैष्णव सहितका साधुन्तहरुले स्वागत गरेका छन् । उपराष्ट्रपति यादव सिरहा जिल्लामा आयोजना हुने कार्यक्रममा […]

मधेश सरकार ११ दिन सार्वजनिक बिदा दिने

सामाजिक फिड-जनकपुरधाम, चैत २४ गते । मधेश सरकारले २०८० मा ११ दिन सार्वजनिक बिदा दिने भएको छ । संघ सरकारले दिने बिदा अतिरिक्त मधेश सरकारले विभिन्न चाडपर्व तथा दिवसको अवसरमा वर्षभरिमा ११ दिन बिदा दिने गरि राजपत्र प्रकाशित गरेको हो । मधेश सरकारले बैशाख २ गते शनिवार सिरुवा पावनी, बैशाख १६ गते शनिवार जानकी नवमी, […]

बर्दिबासमा विङगर र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत २४ गते । महोत्तरीमा विङगर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक महोत्तरीको गौशला नगरपालिका ९ का ३० वर्षीय मनिष कुमार कार्की छन् । आज बिहान साढे १० बजे बर्दिबास नगरपालिका १ बर्दिबास चौक स्थित पूर्व पश्चिम राजमार्गमा काठमाण्डौ तर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ज ०२९७ […]

धनुषाबाट १२४ किलो अवैध गाँजा बरामद

सामाजिक फिड-जनकपुरधाम, चैत २४ गते । धनुषाबाट प्रहरीले एक क्वीन्टल २४ किलो अवैध गाँजा बरामद गरेको छ । शुक्रबार दिउँसो ढल्केवरबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ७ ख ४२५१ नम्बरको ट्रकबाट १२ वटा पोकामा ११ किलोको दरले रहेको १२४ किलो अवैध गाँजा बरामद गरेको हो । प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले शंकाको आधारमा चेकजाँच […]

नेपाली सेनामा विभिन्न पदमा भर्ना खुल्यो (सूचनासहित)

सामाजिक फिड-जनकपुरधाम, चैत २४ गते । नेपाली सेनाले विभिन्न पदका भर्ना खोलेको छ । नेपाली सेनाको भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राडरप्राविधिकरहवाई तथा विविध सेवातर्फका अधिकृत पदहरूको लागि आवेदन खुलाएको हो। खुला तथा समावेशी प्रतियोगिताद्वारा पदपूर्ति गर्नको लागि दरखास्त माग गरिएको जनाइएको छ। योग्यता पुगेका नेपाली नागरिकले नेपाली सेनाको आधिकारिक वेबसाइटमा गएर अनलाइन दरखास्त दिन […]

सप्तरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सामजिक फिड-जनकपुरधाम, चैत २३ गते । सप्तरीमा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । पछाडि सावर व्यक्ति भने गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा सप्तरीको बोदेबर्साइन नगरपालिका ५ भाटिन बस्ने वर्ष १७ का सागर पण्डित छन् । मोटरसाइकलमा पछाडि बसेका १५ वर्षीय सुमित पण्डित गम्भीर घाइते भएका छन् । उनको जिवन […]

अश्लील भिडियो बाहिरिएपछि पूर्वमन्त्री खानले गराए साईबर ब्यूरोमा उजुरी दर्ता

सामाजिक फिड-जनकपुरधाम, चैत २३ गते । अश्लील भिडियो बाहिरिएपछि जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानले उक्त भिडियो बनाउनेमाथि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन् । आफ्नो अश्लील भिडिओ बनाउने समूहमाथि कारबाहीका लागि उजुरी दर्ता गराएका हुन् मुलुकी फौजदारी कार्यविधि (संहिता) २०४७ को दफा ४ को उपदफा ३ बमोजिम उनले साइबर ब्यूरोमा जाहेरी […]

धनुषामा ट्रकले मोटरसाइकललाई ठक्करबाट एकजनाको मृत्यु

सामाजिक फिड-जनकपुरधाम, चैत २२ गते । धनुषामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । बुधबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित औरही पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८७७३ नम्बरको ट्रकले प्रदेश २–०२–००२ प ८३०४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो । दुर्घटनामा मिथिला नगरपालिका–३ हरिहरपुरका मोटरसाइकल चालक अन्दाजी २२ […]