Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत २४ गते ।

धनुषाबाट प्रहरीले एक क्वीन्टल २४ किलो अवैध गाँजा बरामद गरेको छ । शुक्रबार दिउँसो ढल्केवरबाट जनकपुरधामतर्फ आउँदै गरेको ना ७ ख ४२५१ नम्बरको ट्रकबाट १२ वटा पोकामा ११ किलोको दरले रहेको १२४ किलो अवैध गाँजा बरामद गरेको हो ।

प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटेको प्रहरीको टोलीले शंकाको आधारमा चेकजाँच गर्दा गाँजासहित ट्रक र चालक मकवानपुर जिल्लाको मनहरी नगरपालिका ८ बस्ने शन्तविर शन्तबिर दोङ्लाई नियन्त्रणमा लिएको जनाएको छ ।
बरामद गरेको गाँजा ट्रक र चालकलाई थप अनुसन्धानको लागी प्रदेश प्रहरी टोलीले जिल्ला प्रहरी कार्यालय धनुषामा पठाउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!