सामाजिक फिड-
जनकपुरधाम, चैत २६ गते ।
सप्तरीमा ज्वाइँको कुटपिट घाइते ससुराको मृत्यु भएको छ । मृत्यु हुनेमा बोदेबर्साईन नगरपालिका ६ खामगडाका ५५ वर्षीय छठु महतो रहेको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी नरेश कुमार सिंहले जानकारी दिए ।
डिएसपी सिंहका अनुसार गत पुस ११ गते घरायसी विवादमा बोदेबर्साईन नगरपालिका ७ का आफ्नै छोरी ज्वाइँ २३ वर्षीय रामचन्द्र महतोले कुटपिट गर्दा ससुरा छठु गम्भीर घाइते भएका थिए ।
ज्वाइँको कुटपिटबाट नाक, मुख, टाउकोसहित शरीरको विभिन्न भागमा चोट लागेर घाइते भएका उनलाई स्थानिय जिवन ज्योति अस्पतालमा समान्य उपचार पश्चात थप उपचारको लागि धरान लगिएको थियो । स्वास्थ्यमा सुधार हुँदा गत चैत १८ गते घर फर्केर औषधि खाइरहेका उनको हिजो शनिबार दिउँसो मृत्यु भएको डिएसपी सिंहले जानकारी दिए ।
कुटपिटमा संलग्न ज्वाइँ माथि छठुकी श्रीमती मायाबति नौनियाको ज्यानमार्ने उद्योगमा किटानी जाहेरी दिएकी थिइन् । सप्तरी जिल्ला अदालतको फैसलाले माघ २५ गते पाचस हजार रुपैयाँ धरौटी बुझाउन नसक्दा पुर्पक्षका लागि राजबिराज कारागारमा रहेको प्रहरीले जनाएको छ ।