Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत २३ गते ।

अश्लील भिडियो बाहिरिएपछि जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खानले उक्त भिडियो बनाउनेमाथि नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दर्ता गराएका छन् ।

आफ्नो अश्लील भिडिओ बनाउने समूहमाथि कारबाहीका लागि उजुरी दर्ता गराएका हुन्

मुलुकी फौजदारी कार्यविधि (संहिता) २०४७ को दफा ४ को उपदफा ३ बमोजिम उनले साइबर ब्यूरोमा जाहेरी दर्ता गराएका हुन् । योजनावद्ध तरिकाले चरित्र हत्या गर्न भिडिओ बनाउने समूहमाथि कारबाही गर्न उनले माग गरेका छन् ।

नेता खानले उजुरीमा भिडिओ बनाउनमा संलग्न केहि व्यक्तिको नाम किटान गरेको र केहि व्यक्तिको नाम पछि बुझाउने उनको सचिवालयले उल्लेख गरेको छ ।

नेता खानको अश्लील भिडिओ ह्वाट्स एपमार्फत कैयौं व्यक्ति कहाँ पुगेको छ । उक्त भिडिओ लिक भएपछि जनमत पार्टी र उनको व्यापक आलोचना भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *