Samajik Feed – News Portal from Nepal

सामाजिक फिड-
जनकपुरधाम, चैत २२ गते ।

धनुषामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।

बुधबार साँझ पूर्वपश्चिम राजमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित औरही पुलमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको प्रदेश ०१–०२–००१ ख ८७७३ नम्बरको ट्रकले प्रदेश २–०२–००२ प ८३०४ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको हो ।

दुर्घटनामा मिथिला नगरपालिका–३ हरिहरपुरका मोटरसाइकल चालक अन्दाजी २२ वर्षीय युवराज महतोको मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए । उनले घटना विषयमा अनुसन्धान भइरहेको बताए ।

दुर्घटनापश्चात स्थानीयले पूर्वपश्चिम राजमार्ग पूर्ण रुपले अवरुद्ध गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!