एमाले नेता महतोको कारबाही फुकुवा

सामाजिक फीड-जनकपुरधाम, जेठ २४ गते । नेकपा एमालेले केन्द्रीय सदस्य हरिनारायण महतोको निलम्बन फुकुवा गरेको छ। गत जेठ १९ गते सचिवालय बैठकले महतोको निलम्बन फुकुवा गरेको हो। त्यसको जानकारी एमालेले अन्तरपार्टी निर्देशन (अपानि) मार्फत मातहतको कमिटीलाई पठाएको छ। ‘स्थानीय तहको निर्वाचनमा वर्तमान प्रदेश सभा सदस्य हरिनारायण महतो (धनुषा) को भूमिकाबाट पार्टीको अहित हुन पुगेकाले चेतावनीसहित […]
मधेश सरकारको नीति : प्रत्येक वडामा एग्रोभेटदेखि छोरीलाई ल्यापटपसम्म (पूर्णपाठ)

सामाजिक फीड-जनकपुरधाम, जेठ २३ गते । मधेश सरकारले कृषि, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतासहितको नीति तथा कार्यक्रम ल्याएको छ । मंगलबार प्रदेशसभामा प्रदेश प्रमुख हरिशंकर मिश्रले प्रदेश सरकारको अगामी आर्थिक वर्ष २०८०।०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् । कृषि क्षेत्रमा एक वडा एक एग्रोभेट निर्माण, उत्पादनमा वृद्धि ल्याउन अनुदानमा आधारित कृषि कार्यक्रम, पशुपंक्षी विमा, सिंचाइमा […]
मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज

सामाजिक फीड-जनकपुरधाम, जेठ २३ गते । मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत हुने भएको छ। आज दिउँसो ३ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए। मुख्यमन्त्री सरोजकुमार यादव नेतृत्वको सरकारले पहिलो पटक आफ्नोे […]
जनकपुरको राम मन्दिर परिसरमा सिद्धार्थ बैंकद्वारा सरसफाइसहित वृक्षारोपण

सामाजिक फीड– जनकपुरधाम, जेठ २२ गते । वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकले जनकपुरको राम मन्दिर परिसरमा सरसफाइसहित वृक्षारोपण गरेको छ । बैंकको मधेश प्रदेश कार्यालय अन्तर्गत जनकपुरको मिल्सएरिया, विद्यापतीचोक, रामानन्द चोक शाखा र एक्सटेन्सन काउन्टर मालपोत कर्यालय जनकपुरले संयुक्तरुपमा सरसफाइ तथा वृक्षारोपण गरेको हो । बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन महाविर युवा कमिटी […]
यातायात कार्यालय जनकपुरबाट एक बिचौलिया प्रकाउ

सामाजिक फीड-जनकपुरधाम, जेठ २२गते । यातायात व्यवस्था कार्यालय जनकपुरबाट बिचौलिया आरोपमा एकजना प्रकाउ परेका छन् ।पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १९ का २६ वर्षीय पुनित यादव छन् । बिचौलियाको काम गरिएको भन्ने गोप्य सूचनाको आधारमा आइतबार दिउँसो पक्राउ गरि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । Shailendra Kranti
जनकपुरबाट चोरी भएको ट्याक्टर फेला पारेर धनीलाई जिम्मा

सामाजिक फीड-जनकपुरधाम, जेठ २१ गते । जनकपुरबाट चोरी भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई जिम्मा लगाएको छ ।गत शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ११ बस्ने बिल्टु साहको प्र.२,०२,००१ त २१३३ नम्बरको ट्याक्टर जनकपुरधाम मिल्स एरियाबाट चोरी भएको थियो । खोज तलास गर्ने क्रममा शनिबार जनकपुरधाम उपमहानगरपालिकाम १४ रजौज स्थितबाट फेला पारेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी […]
एन.वाई.ई.एफ जनकपुरको नव कार्यसमिति चयन

सामाजिक फीड-जनकपुरधाम, जेठ २० गते । नेपाली युवा उद्यमी मञ्च च्याप्टर (एन.वाई.ई.एफ) जनकपुरको नयाँ कार्यसमिति चयन भएको छ । जनकपुरमा शनिबार सम्पन्न तेश्रो साधारणसभाबाट मोनाष्टिक स्कुलका प्रबन्ध निर्देशक डा. सोनु साहको नेतृत्वमा नवकार्यसमिति चयन भएको हो । कार्यसमितिको उपाध्यक्षमा रोहन गुप्ता र अमित झा चयन भएका छन् । यस्तै सदस्यहरुमा राजिव कुमार रौनियार, प्रमोद कुमार […]
चारदिने भारत भ्रमण सकेर स्वदेश फर्किए प्रधानमन्त्री प्रचण्ड

सामजिक फीड-जनकपुरधाम,जेठ २० गते । चार दिने भारत भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड स्वदेश फर्केका छन् । शनिबार साँझ नेपाल वायु सेवा निगमको विमानबाट उनी काठमाडौं फर्केका हुन् । गत बुधबार भारत भ्रमणमा गएका प्रधानमन्त्री प्रचण्डले भ्रमणका क्रममा भारतसित विभिन्न सम्झौता तथा समझदारी गरेका थिए । उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डल स्तर र […]
भारतको ओडिशामा भयानक रेल दुर्घटना, २३३ जनाको मृत्यु, ९ सय बढी घाइते

एजेन्सी-जनकपुरधाम, जेठ २० गते । भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको एउटा भयानक रेल दुर्घटनामा परी २३७ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् । हावडा-चेन्नई कोरोमण्डल एक्सप्रेस मालगाडीसँग ठोक्किएपछि दुर्घटना भएको छ । साथै, अर्कोतर्फबाट आउँदै गरेको यशवंतपुर-हावडा सुपरफास्ट […]
नेपालमा झण्डै ४५ प्रतिशत जनसंख्याको मातृभाषा नेपाली, दोश्रोमा मैथिली ११.५

सामजिक फीड-जनकपुरधाम, जेठ १९ गते । नेपालको कुल जनसंख्याको झण्डै ४५ प्रतिशतको मातृभाषा नेपाली भएको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ को शुक्रबार सार्वजनिक मातृ भाषासम्बन्धी तथ्यांकअनुसार ४४.८६ प्रतिशतको मातृभाषा नेपाली छ । जनगणनाअनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ पुगेको छ । उनीहरुमध्ये सबभन्दा धेरै १ करोड ३० लाख ८४ […]