सामाजिक फीड-
जनकपुरधाम, जेठ २१ गते ।
जनकपुरबाट चोरी भएको ट्याक्टर प्रहरीले फेला पारेर धनीलाई जिम्मा लगाएको छ ।
गत शुक्रबार जनकपुरधाम उपमहानगरपालिका ११ बस्ने बिल्टु साहको प्र.२,०२,००१ त २१३३ नम्बरको ट्याक्टर जनकपुरधाम मिल्स एरियाबाट चोरी भएको थियो ।
खोज तलास गर्ने क्रममा शनिबार जनकपुरधाम उपमहानगरपालिकाम १४ रजौज स्थितबाट फेला पारेको धनुषाका प्रहरी प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।
ट्याक्टकर शनिबार नै कार्यालयमा ल्याई धनीलाई जिम्मा लगाइएको र चोरीमा संलग्न व्यक्तिको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।