सामाजिक फीड–
जनकपुरधाम, जेठ २२ गते ।
वातावरण दिवसको अवसरमा सिद्धार्थ बैंकले जनकपुरको राम मन्दिर परिसरमा सरसफाइसहित वृक्षारोपण गरेको छ ।
बैंकको मधेश प्रदेश कार्यालय अन्तर्गत जनकपुरको मिल्सएरिया, विद्यापतीचोक, रामानन्द चोक शाखा र एक्सटेन्सन काउन्टर मालपोत कर्यालय जनकपुरले संयुक्तरुपमा सरसफाइ तथा वृक्षारोपण गरेको हो ।
बैंकले सफा, सुन्दर र हरितमय वातावरण बनाउन महाविर युवा कमिटी सँगको सहकार्यमा राम मन्दिर परिसरमा विभिन्न प्रजातिका ५० भन्दा बढी रुखको विरुवा रोपेको बैंकका कर्मचारी कृष्ण गुप्ताले जानकारी दिए ।
त्यस्तै सर(सफाई प्रयोजनका लागि बैंकले महावीर युवा कमिटिका अध्यक्ष्य वलराम साहलाई ७ वटा डस्टविन प्रदान गरेको छ।
सरसफाइ तथा वृक्षरोपण कार्यक्रममा सिद्धार्थ बैंकका प्रदेश प्रमुख रामजी बानिया, तीनवटा शाखाका प्रबन्धक अर्ण बहादुर बलम्पाकी, अजय यादव र सुशान्त साहसहित बैंकका ४० जना कर्मचारी, महाविर युवा कमिटीका प्रतिनिधि लगायतको सहभागीता थियो ।
संयुक्त राष्ट्रसंघको मूल नारालाई स्थानीयकरण गर्दै नेपालमा यस वर्ष ‘प्लाष्टिकजन्य प्रदुषण निर्मुल पारौं, वातावरणमैत्री विकल्पको उपयोग गरौं” भन्ने नाराका साथ वातावरण दिवस मनाइँदैछ ।