Samajik Feed – News Portal from Nepal

सप्तरी नदीमा ३४ वर्ष यताकै उच्च बाढी, ५६ वटै ढोका खोलियो

सामाजिक फीड-जनकपुरधाम, साउन २९ गते । सप्तरी र सुनसरीको सीमा भएर बग्ने सप्तकोशी नदीमा उच्च बाढी आएको छ । यो बाढी ३४ वर्षपछिकै उच्च मापन गरिएको छ । बाढीको बहाव उच्च भएपछि ब्यारेजका ५६ वटै ढोका खोलिएको छ । खतराको संकेत स्वरुप रातो बत्ती बालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता एवम् डिएसपी राजकुमार राईले जानकारी […]

ल्यापट चोर्न मिर्चैया खानेपानी संस्थाका सुरक्षागार्डको हत्या, दुईजना पक्राउ

सामाजिक फीड-जनकपुरधाम, साउन २८ गते । साना सहरी तथा खानेपानी संस्था मिर्चैयाका सुरक्षागार्डको हत्या घटनाका अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ । घटनाको डेढ महिनापछि प्रहरीले आइतबार दुई जना अभियुक्तलाई सार्वजनिक गरेको हो । अभियुक्तहरूमा मिर्चैया नगरपालिका-७ का २२ वर्षीय रविन सदा र मिर्चैया-५ का २० वर्षीय दीपक सदा छन् । खानेपानी संस्थामा सुरक्षार्थ खटिँदै आएका […]

धनुषाको शहीदनगरका ईन्जिनियर २ लाख ७५ हजार घुससहित अख्तियारको फन्दामा

सामाजिक फीड-जनकपुरधाम, साउन २८ गते । धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरी र उनका सहयोगी २ लाख ७५ हजार रुपैयाँ धघुससहत पक्राउ परेका छन् । शहीदनगर नगरपालिका वडा नं. ९ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको पर्खाल निर्माणको भुक्तानी बापत सेवाग्राहीसँग १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित उनलाई अख्तियराले नियन्त्रणमा लिएको हो […]

जनमतकी अनिता साह मन्त्री बन्दै

सामाजिक फीड-जनकपुरधाम, साउन २८ गते । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले मन्त्रिपरिषद् हेरफेर गरेर जनमत पार्टीलाई सरकारमा ल्याउने तयारी गरेका छन् । उनले जनमत पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्री नियुक्त गर्ने तयारी गरेका हुन् । जनमतले पार्टीबाट सांसद अनिता देवी साहलाई मन्त्रीका लागि यसअघि नै सिफारिस गरिसकेको छ । प्रधानमन्त्री प्रचण्डले अनितालाई आज मन्त्री नियुक्त […]

सर्लाहीमा टाउको भेटिएका युवकको शरीर पनि फेला

सामाजिक फीड-जनकपुरधाम, साउन २८ गते । सर्लाहीको हरिवन स्थित खलनदेही खेलामा हत्या गरिएको अवस्थामा टाउको भेटिएका युवकको शरीरको भाग पनि फेला परेको छ । युवकको शरीर शनिवार साँझ लालबन्दी नगरपालिका–६, स्थित फुटबल चौरदेखि पूर्वतर्फको जङ्गलमा फेला परेको प्रहरीले जनाएको छ । शुक्रबार मात्रै टाउको भेटिएका युवक भारतको सितामाढी मनियारी बस्ने २३ वर्षीय गोलु भन्ने अभिषेक […]

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा जनकपुरमा चित्रकला प्रतियोगिता

सामाजिक फीड-जनकपुरधाम, साउन २७ । अन्य वर्षहरू झैँ यस वर्ष पनि अगस्त १२ का दिन संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदैछ । व्यक्ति, परिवार, समुदाय, राष्ट्र अनि सिङ्गो विश्वकै विकासमा युवाहरूको भूमिकाको महत्वलाई दर्शाउन हरेक वर्ष संसारभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइन्छ । यो दिवसले अन्तर्राष्ट्रिय जगतलाई सकारात्मक दिशातर्फ लैजान युवा सहभागितालाई थप सक्रिय गर्ने नवप्रवर्तनात्मक उपाय […]

सप्तरीका पत्रकारहरु तेस्रो दिन गरे मौन जुलुस प्रदर्शन

सामाजिक फीड- जनकपुरधाम, साउन २७ गते । क्षमायाचना सहित सुचना फिर्ता गर्न माग गर्दै सप्तरीका पत्रकारहरुले आन्दोलन जारी राखेको छ । पत्रकार महासंघ सप्तरीको अगुवाईमा शनिबार (तेस्रो दिन) उनीहरूले निर्धारित कार्यक्रम अनुसार राजविराज नगरपरिक्रमा गर्दै मौन जुलुस प्रदर्शन गरेका छन् । जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधबार अनुमति बिना कार्यालय परिसर भित्र फोटो, भिडियो खिच्न नपाउने […]

सिरहाबाट स्रोत नखुलेको करिब ९ लाख रकमसहित एकजना पक्राउ

सामाजिक फीड- जनकपुरधाम, साउन २७ गते । सिरहाबाट स्रोत नखुलेको करिब नौ लाख रकमसहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका–१७ का ४८ वर्षीय सञ्जीवकुमार साह छन् । उनलाई प्रहरीले शुक्रबार अपराह्न गोप्य सूचनाका आधारमा प्रहरी चौकी खिरौना सिरहाबाट खटिएको प्रहरी सहायक निरीक्षक दुर्गाप्रसाद यादवको कमाण्डको टोलीले नेपाल–भारत सिमानास्थित भारतबाट नेपालतर्फ आउँदै गर्दा […]

सर्लाहीमा टाउको भेटिएको युवकको पहिचान खुल्यो

सामाजिक फीड– जनकपुरधाम, साउन २६ गते । सर्लाहीको हरिवन नगरपालिका ४ स्थित लखनदेही खोलाको पुलमुनि बिहीबार भेटिएका युववको टाउकोको पहिचान खुलेको छ । युवकको टाउको भारतको विहार राज्य जिल्ला सितामढी थाना पुरौना भिलेज पोष्ट मनियारी वडा न. ५ बस्ने वर्ष २३ का गोलु भन्ने अभिषेक राजको रहेको सनाखत भएको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय […]

प्रहरी प्रशासन मिटरब्याजीसँग मिलेको भन्दै सिरहामा प्रदर्शन

सामाजिक फीड-जनकपुरधाम, साउन २६ गते । सिरहा सदरमुकाममा मिटरब्याज पीडितले प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितले आयोग र कानुन बनेपनि पीडितको पक्षमा काम नहुने गरेको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् । जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको गेट अगाडि उनीहरु नारावाजी गर्दै प्रदर्शन गरे । प्रहरी प्रशासनले मिटरब्याजीहरुसँग मिलेर काम गर्ने गरेको, मिटरब्याजीलाई राजनीतिक […]