Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन २६ गते ।

सिरहा सदरमुकाममा मिटरब्याज पीडितले प्रदर्शन गरेका छन् । मिटरब्याज पीडितले आयोग र कानुन बनेपनि पीडितको पक्षमा काम नहुने गरेको भन्दै उनीहरु प्रदर्शन गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयको गेट अगाडि उनीहरु नारावाजी गर्दै प्रदर्शन गरे ।

प्रहरी प्रशासनले मिटरब्याजीहरुसँग मिलेर काम गर्ने गरेको, मिटरब्याजीलाई राजनीतिक दलका नेताहरुले संरक्षण गरिरहेको, मिलापत्रका लागि बोलाइने छलफलमा मिटरब्याजीहरु आउन अटेरी गर्दा पनि पक्राउ गर्न प्रहरी प्रशासन ढिलासुस्ती गर्दै आएको पीडितहरुको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!