Samajik Feed – News Portal from Nepal

सामाजिक फीड

जनकपुरधाम, साउन २६ गते ।

सर्लाहीको हरिवन नगरपालिका ४ स्थित लखनदेही खोलाको पुलमुनि बिहीबार भेटिएका युववको टाउकोको पहिचान खुलेको छ । युवकको टाउको भारतको विहार राज्य जिल्ला सितामढी थाना पुरौना भिलेज पोष्ट मनियारी वडा न. ५ बस्ने वर्ष २३ का गोलु भन्ने अभिषेक राजको रहेको सनाखत भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी कैलाश राईका अनुसार मृतकका बुबा राम दिवाकरले टाउकोको सनाखत गरेका हुन् ।
टाउको पोस्टमार्टमका लागि सर्लाहीको प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ । मृतक परिवारका अनुसार साउन २० गते अभिषेकसहित चारजना सर्लाही घुम्न आएका थिए । अभिषेकको टाउको हत्या भएको अवस्थामा लखनदही खोलाको पुल नजिक बिहीबार बिहान ८ बजे स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
अभिषेकसंगै आएका उनकन साथीहरु बेपता छन् । उनीहरुसहित अभिषेकको शरीर खोजि गरिरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!