Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, साउन २८ गते ।

धनुषाको शहीदनगर नगरपालिकाका इन्जिनियर रमेशकुमार चौधरी र उनका सहयोगी २ लाख ७५ हजार रुपैयाँ धघुससहत पक्राउ परेका छन् ।

शहीदनगर नगरपालिका वडा नं. ९ स्थित राष्ट्रिय प्राथमिक विद्यालयको पर्खाल निर्माणको भुक्तानी बापत सेवाग्राहीसँग १ लाख रुपैयाँ नगद र १ लाख ७५ हजार रुपैयाँको चेकसहित उनलाई अख्तियराले नियन्त्रणमा लिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय बर्दिबासबाट गएको टोलिले ईन्जिनियर चौधरीसहित उनका साथी गुरुदेव यादवलाई वडा नं. ३ ३ स्थित पशु सेवा केन्द्रको भवनबाट नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको क्षेत्रीय कार्यालय बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!