Samajik Feed – News Portal from Nepal

महोत्तरीको एकडारा गाउँपालिकाका उपाध्यक्षसहित ६ जनाविरुद्ध मुद्दा दायर

समाजिक फीड,जनकपुरधाम , वैशाख १४ गते । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला महोत्तरी, एकडारा गाउँपालिकाका उपाध्यक्ष महजबी खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंहसमेत ६ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले एकडारा गाउँपालिका महोत्तरीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत सरोज कुमार सिंह, इन्जिनियर सुभाष पाण्डेय, योजना शाखा प्रमुख महेन्द्र कुमार मण्डल […]

मटिहानी आगलागी : पूर्वमुख्यन्यायाधिवक्ता झाद्वारा प्रधानमन्त्रीसमक्ष ध्यानाकर्षण पत्र

काठमाडौँ, १४ वैशाख । मधेश प्रदेशका पूर्वमुख्यन्यायाधिवक्ता दीपेन्द्र झाले महोत्तरीको मटिहानीका आगलागी पीडितहरूलाई राहतका प्याकेज तथा पुनर्वासको व्यवस्था गर्नुपर्ने भन्दै संघीय सरकारसहितलाई ध्यानाकर्षण गराएका छन् । पूर्वमुख्यन्यायाधिवक्ता झाले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालसहित तीनवटै सरकारका विभिन्न निकायसमक्ष सातबुँदे ध्यानाकर्षण पत्र पेश गरेका हुन् । उनले मटिहानी नगरपालिकाको वडा नम्बर ६ मा पर्ने जरलहवा बस्तीमा भएको विनाशकारी […]

बालिकालाई बेचेको आरोपमा एक महिला पक्राउ

सामाजिक फीड, काठमाडौँ, १४ वैशाख । अढाई वर्षकी बालिकालाई बेचबिखन गरेको अभियोगमा ललितपुर गोदावरी नगरपालिका-१३ घर भई काठमाडौँ जडिबुटी बस्ने उर्मिला भन्ने ४३ वर्षीय कल्पना विश्वकर्मालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । विश्वकर्माले मकवानपुरको एक परिवारकी बालिकालाई होस्टेलमा राखि पढाई दिने प्रलोभन देखाई काठमाडौंस्थित आफ्नै घरमा राखेको र झापाको काकरभिट्टा पुर्‍याई भारत सिलगुडीबाट आएकी उनकै […]

डेढ किलो सुन र डेढ करोड नगदसहित सात जना पक्राउ

सामाजिक फीडजनकपुरधाम, बैशाख १४ गते । डेढ किलो भन्दा बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट सात जना पक्राउ परेका छन्। पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई […]

काँग्रेस नेता अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला

सामाजिक फीड-जनकपुरधाम, वैशाख १३ गते । जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमसहित ४ जनालाई जन्मकैदको फैसला सुनाएको छ । रौतहटको राजपुरमा २०६४ चैत २७ गते रौतहटको राजपुरमा बम बिस्फोटमा घाइते भएकाहरुलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा दोषी ठहर गर्दै आलमसहित चारजनालाई दोषी ठहर गरेको हो । अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलम, […]

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जना पक्राउ

सामाजिक फीड, काठमाडौँ, १३ वैशाख । वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा देखाई विभिन्न देश पठाइदिन्छु भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी ईनरुवा नगरपालिका-३ घर भई काठमाडौँ चन्द्रागिरी नगरपालिका-११ नैकाप बस्ने ३९ वर्षीय सत्यन्द्र श्रेष्ठ र बागलुङ काठेखोला गाउँपालिका-५ घर भई काठमाडौँ महानगरपालिका-१६ वनस्थली बस्ने २७ वर्षीय विवेक […]

भोलिदेखी कक्षा १२ को परिक्षा सुरु हुँदै, परिक्षा केन्द्रमा अनलाइनबाटै प्रश्नपत्र पठाइने

सामाजिक फीडजनकपुरधाम , बैशाख १३ गते । मधेश प्रदेश सहित देशभर शुक्रवारबाट कक्षा १२ को परिक्षा सञ्चालन हुन लागेको छ । परीक्षामा ४ लाख ९१ हजार ४ सय ९७ विद्यार्थी सहभागी हुँदै छन् । राष्ट्रिय परीक्षा बोर्डका अनुसार नियमिततर्फ १ लाख ९६ हजार ९ सय १४ छात्रा र १ लाख ९३ हजार ९ सय ३३ जना […]

मटिहानीमा आगलागीले एकसय बढी घर जलेर खरानी, ७ वटा चौपाया जल्यो

सामाजिक फीडजनकपुरधाम, वैशाख १२ गते । महोत्तरीको मटिहानी नगरपालिकामा भएको भीषण आगलागीले सयभन्दा बढी घर जलेर नष्ट भएको छ । मटिहानी नगरपालिका ६ जरलहवागाछी टोलमा दउँसो १ बजे एउटा घरबाट सल्केको आगोले १२५ घर जलेर नष्ट भएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए ।धनुषा, महोत्तरी र भारतीय गरी १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत […]

जिपले मोटरसाइकललाई ठक्कर, तीन जनाको मृत्यु

सामाजिक फीड, झापा, १२ वैशाख । झापाको शिवसताक्षी–झिलझिले खण्डमा जिपले मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको मृत्यु भएको छ । बुधबार बोलेरो गाडीले ठक्कर दिँदा मोटरसाइकलमा सवार २६ वर्षीय मौसम राई, २५ वर्षीय युनिस भण्डारी र १७ वर्षीय सरोज रेग्मीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृत्यु भएका तीनै जना कमल गाउँपालिका–४ अमलडाँगीका […]

गौर घटना : सर्वोच्चद्वारा कारण देखाउ आदेश

सामाजिक फीड, काठमाडौँ, १२ वैशाख । सर्वोच्च अदालतले गौर घटनाका पीडितले न्याय नपाएको भन्दै दायर रिटमा कारण देखाउ आदेश जारी गरेको छ । २०६३ चैत ७ गते रौतहटको राइसमिल्स क्षेत्रमा भएको घटनामा २७ जनाले ज्यान गुमाएका थिए । उक्त घटनालाई राजनीतिक रंग दिएर पीडितलाई अहिलेसम्म न्याय नदिएको भन्दै पीडितहरूका तर्फबाट त्रिभुवन साह समेतले गत वर्ष […]