Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, बैशाख १४ गते ।

डेढ किलो भन्दा बढी सुन र झन्डै डेढ करोड रूपैयाँसहित काठमाडौंबाट सात जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमध्ये तीन जना भारतीय नागरिक छन्।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले काठमाडौं महानगरपपालिका-२४ दुछेंननी टोलबाट १ हजार ७६८.२५ ग्राम सुन र १ करोड ४३ लाख ६० हजार रूपैयाँसहित ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा दार्चुलाको महाकाली नगरपालिका-३ टाँटेका ४७ वर्षीय गणेशदत्त बढु, २१ वर्षीय आयुष बडु, भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेश प्रकाश बिभुते, १८ वर्षीइ गणेश सतिश बाल्टे, झापाको बिर्तामोड नगरपालिका३ का ३० वर्षीय दिनेश खरेल, २२ वर्षीय भरतराज खरेल छन्।

सुनको अवैध कारोबार भइरहेको भन्ने सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *