Samajik Feed – News Portal from Nepal

सामाजिक फीड
जनकपुरधाम, वैशाख १२ गते ।

महोत्तरीको मटिहानी नगरपालिकामा भएको भीषण आगलागीले सयभन्दा बढी घर जलेर नष्ट भएको छ । मटिहानी नगरपालिका ६ जरलहवागाछी टोलमा दउँसो १ बजे एउटा घरबाट सल्केको आगोले १२५ घर जलेर नष्ट भएको मटिहानीका मेयर हरिप्रसाद मण्डलले बताए ।
धनुषा, महोत्तरी र भारतीय गरी १० वटा वारुणयन्त्र, तीनसय बढी सुरक्षाकर्मी, स्काइभेटर लगायत गाउँलेको सहयोगमा ६ घण्टापछि आगो नियन्त्रणमा आएको हो ।

धनुक, मुस्लिम, पासवन, मलाह, बिन लगायतको विपन्न वस्तीमा तातो हावा चलेको बेला आगलागी हुँदा नियन्त्रण बाहिर गएको थियो ।

महोत्तरीका प्रहरी प्रवक्ता डिएसपी सन्तुलाल जयसवारले अहिलेसम्म ९२ घर जलेको विवरण संकलन भएको र थप संकलन गर्ने काम भइरहेको बताए । आगलागीमा मानवीय क्षति नभएपनि ५ वटा बाख्रा र दुईवटा सुँगुर जलेर मरेको डिएसपी जयसवारले बताए ।

बस्ने घर जलेपछि उनीहरु बिचल्लीमा परेका छन् । मटिहानीका मेयर हरिप्रसाद मण्डलले आगलागी पीडितहरुलाई सहयोगका लागि अपिल गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *