Samajik Feed – News Portal from Nepal

बारामा अज्ञात समूहद्वारा धारिलो हतियार प्रहार गरी एकजनाको हत्या

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ११ गते । बारामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरेको छ । महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको अज्ञात हतियारधारीले हत्या गरेको प्रहरीले जनाएको छ । बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार शनिबार राति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको […]

सप्तरीमा यात्रुबाहक बस दुर्घटना : एकजनाको मृत्यु, २६ घाइते

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ४ गते । सप्तरीमा यात्रुबाहक बस दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने २६ यात्रु घाइते भएका छन् ।दुर्घटनामा मृत्यु हुनेमा उदयपुरकी २१ वर्षीया मैया राई रहेको प्रहरीले जनाएको छ ।उदयपुरको गाईघाटबाट काँकडभिट्टातर्फ गइरहेको प्रदेश १–०१–००१ ख ४१२६ नम्बरको बस आज बिहान ७ बजे कञ्चनरुप नगरपालिका बरमझियामा दुर्घटना भएको हो । घाइते […]

जनकी मन्दिरमा धोती, कुर्ता र सारी पहिरणमा युवायुवतीको भेला

सामाजिक फीड-जनकपुरधाम, कार्तिक ३ गते । मिथिलाको परम्परागत पहिरनलाई संरक्षण र प्रचारप्रसार गर्ने उद्देश्यले युवाहरूले धोती, कुर्ता, र सारी जुलुस निकालेका छन्। हालका दिनमा मिथिलाको मौलिक पोसाकप्रति घट्दो आकर्षणप्रति चिन्ता व्यक्त गर्दै, जनकपुरधाममा सयौं युवाहरूले यो सांस्कृतिक पहिरनको महत्त्व उजागर गर्न जनजागरणको लागि जुलुस आयोजना गरेका हुन्। सयभन्दा बढी सहभागीहरूले धोती, कुर्ता र सारीमा सजिएर […]

वीरगञ्जमा नेपाल भूमिमा छिरेर भारतीय एसएसबीले चलाए गोली

सामाजिक फीड-वीरगञ्ज, असोज २९ गते । वीरगन्ज–रक्सौल नाका नजिक नेपाल–भारत सीमा क्षेत्रमा मंगलबार गोली चलेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् । घटनाबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीका अधिकारीका अनुसार एसएसबी जवानहरूले सोधपुछका क्रममा आत्मरक्षाको लागि गोली चलाएको स्वीकार गरेका छन् । ती अधिकारीले भने, “सीमामा वादविवाद भएपछि बचाउको […]

दशैंको छैठौँ दिन आज ‘बेलनौत’ गरिँदै

रासस-महोत्तरी, असोज २२ गते । मधेसको प्राचीन मिथिला क्षेत्रमा दसैँ पर्वलाई ‘दशहरा’ भनिन्छ । शारदीय नवरात्र पनि भनिने यस पर्वको छैटौँ दिन आज मिथिलामा ‘बेलनौत’ विधि सम्पन्न गरिँदैछ । नवरात्रको छैटौँ दिन अर्थात् षष्ठी तिथिका दिन यो विधिको परम्परा छ । पर्वका अवसरमा माटो मुछेर बनाइएका देवी दुर्गाका प्रतिमाका आँखा उघार्ने प्रयोजनका लागि ‘बेलनौत’ विधि […]

नेपालीको महान पर्व बडादशैं सुरु

सामाजिक फीड-जनकपुरधाम, असोज १७ गते । नेपालीहरूको महान पर्व बडादशैं आजदेखि सुरु भएको छ । आज घटस्थापना मनाइँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म बडादशैं उल्लासपूर्वक मनाइन्छ । आजको दिन घर–घरमा वैदिक विधिअनुसार घटस्थापना गरी, दियो, कलश र गणेश स्थापना गरिन्छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार घटस्थापनाको शुभ साइत बिहान ९ बजेर १६ […]

सबै संयन्त्रलाई हाइअलर्ट रहन गृहमन्त्री लेखकको निर्देशन

सामाजिक फीड-जनकपुरधाम, असोज १६ गते। गृहमन्त्री रमेश लेखकले कोशी र बागमती प्रदेशका केही ठाउँमा भारी वर्षा हुने पूर्वानुमान गरिएकाले सोही अनुसार हाइअलर्ट रहन सुरक्षा निकायका प्रमुखहरु, राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरण, प्रमुख जिल्ला अधिकारी, प्रदेशका सबै सुरक्षा संयन्त्र, र स्थानीय तहहरुलाई निर्देशन दिएका छन् । गृहमन्त्री लेखकले जल तथा मौसम विज्ञान विभाग, मौसम […]

विपी राजमार्गको सिन्धुलीदेखि नेपालथोकसम्म यातायात पुनः सुचारु

सामाजिक फीड-काठमाडौं, असोज १४ गते । बाढी पहिरोको कारण विभिन्न ठाउँमा अवरुद्ध विपी राजमार्गको सिन्धुलीदेखि नेपाथोकसम्मको सडक मर्मत गरी यातायात सुचारु गरिएको छ । खुर्कोट स्थित सुनकोशी मरिन डाइभर्सन नजिक भाँसिएको सडक मर्मत गरेर र विभिन्न ठाउँमा पहिरो पन्छाएर यातायात सुचारु भएको छ । सिन्धुलीदेखि नेपालथोक प्रहरीबिटसम्म (सय किलोमिटर) सडक डिभिजन खाल्टेले मर्मत गरी सञ्चालनमा […]

बाढी-पहिरोले देशभर १०४ जनाको मृत्यु, ६४ जना बेपत्ता

सामाजिक फीड-जनकपुरधाम, असोज १३ गते। नेपालमा निरन्तर वर्षासँगै आएको बाढी र पहिरोले अहिलेसम्म १०४ जनाको ज्यान गएको छ भने ६४ जना अझै बेपत्ता छन्। गृह मन्त्रालयका अनुसार, विभिन्न जिल्लामा विपद्को चपेटामा परेर धेरै जनधनको क्षति भएको छ। तीन दिनको अवधिमा मात्रै १०४ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ७३ जना घाइते भएका छन्। बाढी-पहिरो […]

अत्यावश्यक सवारी साधनलाई सुरुङमार्ग प्रयोग गर्न दिइयो

सामाजिक फीड १३ असोज २०८१ जनकपुरधाम । नागढुंगा सुरुङ मार्गबाट अत्यावश्यक सवारी साधनहरुलाई प्रवेश गर्न दिईएको छ । सुरुङमार्ग नजिक झ्याप्ले खोलामा आएको पहिरो हटाउने कार्य जारी रहेकाले सडक खुल्न समय लाग्ने भएपछि अत्यावश्यक सवारी साधनलाई सुरुङमार्गमा प्रवेश दिइएको हो ।  काठमाडौँ भित्रिने दूध बाकेको ट्याङ्कर, कुखुरा बाकेको गाडीलाइ प्रवेश दिएको छ भने एम्बुलेन्सलाई दुईतर्फीबाट […]