Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
जनकपुरधाम, कार्तिक ११ गते ।

बारामा अज्ञात समूहले धारिलो हतियार प्रहार गरी एकजनाको हत्या गरेको छ ।

महागढीमाई नगरपालिका–१ नैकाटोलमा स्थानीय ५० वर्षीय श्रीनारायण यादवको अज्ञात हतियारधारीले हत्या गरेको प्रहरीले जनाएको छ ।

बाराका प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाका अनुसार शनिबार राति करिब ८ बजे घर नजिकैको सडकमा उनीमाथि गर्धनमा धारिलो हतियार प्रहार भएको थियो । उनको प्रादेशिक अस्पताल कलैयामा उपचारका क्रममा मृत्यु भएको डिएसपी सापकोटाले बताए ।

हत्याबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *