Samajik Feed – News Portal from Nepal

सामाजिक फीड-
वीरगञ्ज, असोज २९ गते ।

वीरगन्ज–रक्सौल नाका नजिक नेपाल–भारत सीमा क्षेत्रमा मंगलबार गोली चलेको छ। भारतीय सीमा सुरक्षा बल (एसएसबी) का जवानले गोली चलाएको प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाबारे अनुसन्धान गरिरहेको नेपाल प्रहरीका अधिकारीका अनुसार एसएसबी जवानहरूले सोधपुछका क्रममा आत्मरक्षाको लागि गोली चलाएको स्वीकार गरेका छन् । ती अधिकारीले भने, “सीमामा वादविवाद भएपछि बचाउको उपायको रूपमा भारतीय भूभागमै हवाई फायर गरिएको एसएसबीले स्वीकार गरेको छ।“

तर, प्रत्यक्षदर्शीहरूका अनुसार मितेरी पुल नजिकै भारतीय एसएसबीले नेपाली भूमिमा छिरेर गोली चलाएको दाबी गरेका छन् । एक प्रत्यक्षदर्शीका अनुसार एसएसबीका जवानहरूले अहिरवा टोलबाट एक समूहलाई लखेट्दै आएका बेला गोली चलेको हो ।

पर्सा प्रहरीले घटनामा कुनै मानवीय क्षति नभएको जनाएको छ । प्रहरीको अनुसन्धानका क्रममा नेपाल–भारत सीमा नजिकै एक गोलीको खोका फेला परेको छ, जुन इन्सास राइफलको हो । पर्सा प्रहरीका प्रवक्ता दीपक भारतीले मितेरी पुल नजिकै गोलीको खोका भेटिएको पुष्टि गरेका छन् । तर, कसले र किन गोली चलाएको हो भन्नेबारे थप अनुसन्धान भइरहेको पर्सा प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *